मलेसियामा कार्यरत एक नेपाली महिला मलेशियन प्रहरी द्वारा पक्राउ

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर, ७ असोज ।

मलेसियाको मलका राज्यमा पर्ने अलोर जागा स्थित एक कम्पनीमा कार्यरत एक नेपाली महिला लाई मलेशियन प्रहरीले बुधबार पक्राउ गरेको छ।

बच्चा जन्माएर कोठामै प्लास्टिकले पोको पारेर राखेको जानकारी पाएपछि प्रहरीले पक्राउ गरेको समाचार स्थानीय माध्यम मेट्रो अनलाइनले प्रकासित गरेको छ।

खुट्टा सुनिएए बिरामी परेपछि उपचारका लागी अस्पतालमा डाक्टरले सोध खोज गर्दा सो घट्नाको रहस्य खुलेको हो। उनलाई बिहिबार अदालतमा उपस्थित गराए पनि उनको सजाय कति हुने र कस्तो खालको हुने भन्ने उल्लेख छैन। पक्राउ परेकी नेपाली महिलाको परिचय पनि गोप्य राखिएको छ।

मलेसिया ईस्लाम धर्मलम्बिहरुको मेजरुटी भएको देशमा यस्ता अपराधिक घटनाका दोषी सजिलै उम्किन सक्ने देखिदैन। स्मरहण रहोस करिब सन् २०१२/ १३ मा पनि यस्तै गर्बपतनको आरोपमा निर्मला परियार लाई प्रहरीले पक्राउ गरेको थियो।