एमसीसी तुरुन्तै पास गरौं भन्ने बाबुराममाथि ठूलो बज्रपात, सिंगो एमालेमा छायो खुसीयाली !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ असोज ।

सर्वाधिक विरोध गरिएको अमेरिकी सहयोग परियोजना एमसीसीलाई तत्काल पास गरौं भन्ने पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी ९जसपा० का नेता डा। बाबुराम भट्टराईलाई आफ्नै जिल्लामा ठूलो आपत आइलागेको छ ।

गृह जिल्लामा युवा पुस्ताले साथ छोडेका हुन् । यो सँगै आगामी निर्वाचनमा डा. भट्टराईलाई थप कडा चुनौती थपिने देखिएको छ । पछिल्लो समय देशका विभिन्न जिल्लाबाट जसपा परित्याग गर्नेको लर्को लागेको छ ।

नेकपा एमाले आरुघाट गाउं कमिटी तथा राष्ट्रिय युवा संघ नेपाल गोरखाको आयोजनामा सम्पन्न भएको अगुवा कार्यकर्ता भेलामा जसपा लगायत विभिन्न पार्टी परित्याग गरि ५१ जना एमालेमा प्रबेश गरेका छन् । नवप्रबेशीहरुलाई प्रमुख अतिथि रामसरण बस्नेत, विषेश अतिथि युथफोर्स केन्द्रीय अध्यक्ष क्षितिज थेवेलगायतले स्वागत गर्नुभयो ।

विशेष अतिथि क्षितिज थेवे सहित सयौं बाईक बजार परिक्रमा सहित युवाहरु कार्यक्रम स्थल प्रवेश गरेका थिए । उक्त कार्यक्रममा नवराज लामिछानेको अध्यक्षतामा १७ सदस्यीय युवा संघ र सुक बहादुर गुरुङको अध्यक्षतामा ५१ सदस्यीय युथ फोर्स कमिटी गठन गरिएको छ ।