मलेसियामा एक नेपाली ब्यावशायीको कोरोना कारण मृत्यु

हाम्रो सन्देश संवाददाता

क्वालाम्पुर, ६ असोज ।

मलेसियामा बुधबार एक नेपाली ब्यावशायीको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ। करिब १५ वर्ष यता मलेसियामा व्यावसाय गर्दै आएका भक्त बहादुर योङ्गयाङ लिम्बुको उपचारकै क्रममा निधन भएको हो।

कोरोना संक्रमण पश्चात सेल्फ आइसोलेशनमा बसेका लिम्बुको बुधबार बिहान ११ बजे मृत्यु भएको हो। मृतक लिम्बु ईलाम माई नगरपालिका वडा नम्बर-६ साबिक महमाई पलासे स्थायीबाशी हुन। उनको परिवारमा श्रीमती र एक छोरा छन।

लामो समय देखो मलेसियाको जोहोर बाहरु क्षेत्रमा व्यावसाय गर्दै आएका भक्त लिम्बुहरुको सस्था किरात याक्थुंग चुम्लुंग मलेसियाका सह-कोषाध्यक्ष समेत हुन् । भने मलेसियामा गठित बिभिन्न सामाजिक संघ सस्थाहरुमा उनको आवद्धता रहेको थियो।

मलेसियामा सम्पर्क बिहिन भनिएका मेचिनगरका निर्मल जेलमा।

मलेसियामा मेचिनगर-३ झापाका निर्मल पोख्रेल सम्पर्क बिहिन भएको खबर सार्बजनिक भएपछि उनको अवस्था बारे जानकारी प्राप्त भएको छ।

केहिदिन अघि संदेश प्रवाह अनलाइनले प्रकाशीत गरेको खबर पछि अन्ततः निर्मल पोख्रेल मलेशियाको जेलमा रहेको पुष्टि भएको छ।सुरक्षागार्डमा अवैधानिक हैसियतमा कार्यरत निर्मल पोख्रेल मलेशियन अध्यागमनको छापामा पर्दा उनी सहित अन्य ७ जना पक्राउ परेको जानकारी प्राप्त भएको छ।

पोख्रेल संगै एउटै कम्पनिमा कार्यरत मोहन लिम्बुका अनुसार डे शिफ्टको ड्युटी खटिएकै बेला निर्मल पोख्रेल लगायत ७ जना सुरक्षागार्डको एक स्थानिय नागरिक सङ सवारी पार्किङको बिषयमा बिवाद भएपछि, तिनै नागरिकले प्रहरी लाई खबर गरेका थिए।

भने त्यसको केही घन्टा भित्रै अध्यागमनले घेरा हालेर उनिहरु लाई पक्राउ गरिएको थियो।