आफ्नै पार्टीको अपमान गरेर रामकुमारी झाँक्रीले गरिन् प्रचण्डको चाप्लुसी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ असोज ।

नेकपा एमाले विभाजन गरेर बनको नेकपा एस पार्टीकी नेतृ रामकुमारी झाँक्रीले फेरी विवादास्पद अभिव्यक्ती दिएकी छिन् । तत्कालिन नेकपाकाल देखिनै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उग्र प्रशंसक बनेर निस्कीएकी उनले एमाले विभाजन भएर नेकपा एस बनिसक्दा पनि प्रचण्ड प्रतिको मोह त्याग्न सकेकी छैनन् ।

प्रचण्डको गुनगान गाउँदा आफ्नो पार्टीको अपमान भएको समेत होस गुमाएकी छिन् झाक्रीले । अहिले माओवादी केन्द्र सँग एकता गर्नका लागी नेकपा एसको हैसियत नपुग्दै पुग्दै उनले देशभरका एस पार्टीका कार्यकर्तालाई खिन्न बनाएकी छिन् ।

झाँक्रीका अनुसार अहिले नेकपा (एस) बामे सर्ने क्रममा रहेकोले आगामी निर्वाचनसम्म गठबन्धन सम्म हुनसक्ने तर प्रचण्डको पार्टीसंग एकीकरण गर्ने सम्भव छैन । नेकपा ९एस० अहिले सुरुवाती अवस्थामा रहेको तर माओवादी केन्द्र पार्टी स्थापित भईसकेकोले अहिले एकीकरण भन्ने सम्भव नरहेको सांसद झाँक्रीले जनाएकी छिन् ।

पत्रकार ऋषि धमलासंगको अन्तर्वार्तामा सांसद झाँक्रीले भनिन्, माओवादी केन्द्र पार्टी स्थिर भएको पार्टी हो तर हामी आफ्नो खुट्टामा टेकेको पनि छैनौ । सुरुवात गर्दैछौं त्यसैले जब सम्म हाम्रो पार्टी आफ्नो खुट्टामा उभिने हुन्छ संगठन देशभरि बलियो हुन्छ अनि मात्र हामीले एकीकरण बारे सोच्छौ । अहिले माओवादी केन्द्रसंग गठबन्धन वा सहकार्य मात्र हुन सक्छ ।

रामकुमारी झाँक्रीका अनुसार प्रचण्डले गरेर आफूहरुले नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गरेको होईन । मिडियामा जे जस्तो हल्ला चलेपनि प्रचण्डले कहिल्यै पनि आफूहरुलाई एमाले पार्टी परित्याग गर्न कहिले पनि सुझाव नदिएको जनाएकी छिन् । आफु र प्रचण्डको भेटवार्तामा फुट्ने भन्दा पनि मिलेर काम गर्ने कुरा भएको उल्लेख गरेकी छिन् ।

रामकुमारी झाँक्रीले यो गठबन्धन फुटाउन धेरैले कोशिस गरिरहेको तर प्रचण्ड र माधव नेपाल कुनै हालतमा फुट्न नदिन लागिपरेको बताएकी छिन् । प्रचण्डले बरु आफ्नो भागमा भएको दुई मन्त्रालय समेत अरु दललाई दिएर भएपनि यो गठबन्धनलाई आगामी चुनाव सम्म लैजानु पर्ने जोड दिएको कुरा उल्लेख गरेकी छिन् ।

सांसद झाँक्रीले भनिन्, ‘प्रचण्ड जीले मलाई नै भन्नुभएको छ कि आफ्नो भागमा रहेको दुई मन्त्रालय बरु गठबन्धनमा रहेको अरु दलहरुलाई दिन तयार रहेको तर यो गठबन्धन कुनै हालतमा पनि फुट्न दिन हुन्न भनेर भन्नुभएको छ । त्यसैले जसले जे खेल खेलेपनि यो गठबन्धन आगामी निर्वाचन सम्म रहन्छ ।

मन्त्रिपरिषद विस्तार गर्न गठबन्धनमा रहेका दलहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग गरेनन् नि भन्दा नेता झाँक्रीले भनिन्, ‘हाम्रो तर्फबाट कुनै किसिमको असहयोग भएको छैन । प्रधानमन्त्री देउवालाई खुलेर काम गर्न भनेका छौं तर गठबन्धनमा धेरै दलहरु भएकाले सबैलाई मिलाएर लान खोज्दा ढिला भएको होला ।