एकाएक मलेसिया सरकारले गर्‍यो यस्तो घोषणा, मलेसिया ३१ डिसेम्बरसम्म नखुल्ने

हाम्रो सन्देश संवाददाता

क्वलालम्पुर, ६ असोज ।

वैदेशिक रोजगारीका लागि मलेसिया आउने आप्रवासी श्रमिकलाई कुनै भ्रममा नपर्न मलेसियाली सरकारले आग्रह गरेको छ।

मलेसियाको केही संचार माध्यमले मलेसिया खुलेको खबर छापे संगै नेपाली संचार माध्यमले समेत त्यसैलाई हवाला दिदै खबर प्रकाशन गरेको थियो ।

मलेसिया खुल्लाको खबर बाहिरिए संगै नेपाल लगायत पाँच देशलाई खुल्ला गरेको खबरले भ्रम सृजना नहोस भनेर मलेसिया सरकारले एक ३१ डिसेम्बर सम्म खुल्ला नरहेको बताएको छ ।

मलेसियाका मानव संशाधनमन्त्री दातुक सेरि एम सरभाननले ३१ डिसेम्बरसम्म आप्रवासी श्रमिक तथा घरेलु कामदारका लागि मलेसियामा रोजगारीको अनुमति नभएको स्पष्ट पारेका छन्।

केही समययता मलेसियामा आप्रवासी श्रमिक तथा घरेलु कामदारका लागि खुला भएको भन्दै म्यानपावर कम्पनीले विज्ञापन गर्न थालेपछि सरकारले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेको हो।

कोभिड–१९ संक्रमणका कारण १८ मार्च २०२० देखि मलेसियाले विदेशी श्रमिक भित्र्याउने नीतिलाई नियन्त्रण गरेको थियो।

मन्त्री सारभाननका अनुसार राष्ट्रिय सुरक्षा परिषद्, मानव संसाधन मन्त्रालय, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र अन्य सम्बन्धित मन्त्रालयसँग छलफल गरेर सरकारले आप्रवासी श्रमिक निर्णय लिइने बताइएको छ।

कोभिड–१९ संक्रमणका कारण १८ मार्च २०२० देखि मलेसियाले विदेशी श्रमिक भित्र्याउने नीतिलाई नियन्त्रण गरेको थियो।

मन्त्री सारभाननका अनुसार राष्ट्रिय सुरक्षा परिषद्, मानव संसाधन मन्त्रालय, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र अन्य सम्बन्धित मन्त्रालयसँग आगामी दिनमा छलफल गरिसके पश्चात् बल्ल सरकारले आप्रवासी श्रमिक मलेसियामा भित्र्याउने कि नभित्र्याउने निर्णय लिइने बताए भने तत्काललाई विदेशीको लागी मलेसिया रोजगारी डिसेम्बरसम्म बन्दनै रहेको बताउनुभयो।