कुन्द्राको अश्लील भिडियाको बयानमा शिल्पाले भनिन्- सहमतिमै बनाइरहेका थिए

हाम्रो सन्देश संवाददाता

काठमाडौं।

अश्लील भिडयो बनाएको अभियोगमा हिरासतमा रहेका पति राज कुन्द्राका विषयमा अभिनेत्री शिल्पा सेट्टीले प्रहरीसमक्ष बयान दिएकी छन्।

इन्डिया टुडेका अनुसार अभिनेत्री सेट्टीले प्रहरीसमक्ष आफ्ना पतिले महिलाको सहमतिमै अश्लील भिडियो बनाउने गरेको बयान दिएकी छन्।

इन्डिया टुडेका अनुसार उनले भनेकी छन् ‘सन् २०१९ मा राज कुन्द्राले आर्मस् प्राइम मिडियाका सौरभ कुशवाहसँग साझेदारी गरेको थिए। उनीहरूले पुनम पाण्डेजस्ता अभिनेत्रीको भिडिओ बनाइरहेका हुन्थे, जो आफ्नै इच्छामा सुटिङ गरिरहेका हुन्थे।’

यस विषयमा आफूले पति कुन्द्रालाई जिज्ञासा राख्दा यो प्लेटफर्मबाट राम्रो पैसा कमाइरहेको भनेर जवाफ दिएको शिल्पाले भनेकी छन् । यस्तै उनले आफू आफ्नै काममा व्यस्त हुने भएकाले पनि पति कुन्द्राले गरिरहेका कामबारे आफूलाई चासो र सरोकार नभएको समेत मुम्बइ प्रहरीलाई बयान दिएकी छन् ।