प्रचण्डलाई बादलले देखाइदिए पावर, माओवादीलाई लाग्यो ठूलो धक्का

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ असोज ।

पूर्वमाओवादी नेता रामबहादुर थापा बादलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई असली पावर देखाएका छन् ।

हाल एमालेमा रहेका बादलको कदमले माओवादी केन्द्रलाई धक्का लागेको छ । माओवादीनिकट राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष अम्बिका धमलासहितका एक सयभन्दा बढी केन्द्रीय सदस्य एमालेमा समाहित भएका छन् ।

एमालेनिकट नेपाल निजामति कर्मचारी संगठनसँग एकीकरणको घोषणा गरेका छन् । माओवादीनिकट राष्ट्रिय कर्मचारी संगठनको एउटा समूह नै एमालेको विचारमा आबद्ध भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र नेता रामबहादुर थापा बादललगायतले उनीहरुलाई स्वागत गरेका थिए ।

एमालेमा समाहित हुनेमा उपाध्यक्षहरु अम्बिका धमला, शुभनारायण यादव, गोपाल प्रसाद सापकोटा, महासचिव प्रभासप्रसाद यादव रहेका छन् । सदस्यहरु लक्ष्मी भुसाल, मोहिदिन अन्सारी, गोकुलानन्द देव, देवी प्रसाद दाहाल, दिपक खड्का, सन्तोष झा, वेदराज भट्टराई, लेखबहादुर लम्साल, रामगगन यादव, भिष्म आचार्य, बेली पण्डित, ज्ञानेन्द्र शर्मा, शान्ता ओझा, सुशील तिमल्सिना, मणिराम पोखरेल, उमेश झा, सुनिता थापा, इन्द्र पौडेल, सफल शर्मा, शालिकराम सुवेदी, किरण अधिकारी, दिलवहादुर कोइराला, कृष्णदेव यादव, धर्म गुरागाई, समिता श्रेष्ठ, हरिशरण खड्का, रामहरी खड्का, मणिराम पोखरेल, टंकनाथ शर्मा, अशोक श्रेष्ठ, माधव थापा, अगमवहादुर कार्की, गणेश पुडासैनी, दाताराम तिमल्सिना, हिराबहादुर बलामी, बद्रीप्रसाद मण्डल, रामसेवक मण्डल, धनियाँ मण्डल, नविनकुमार थापा, श्याम परियार, सुरेन्द्र खड्का, लालबहादुर मोक्तान, डम्बर विक, पुरुषोत्तम रायमाझी, रामनारायण शर्मा, तारा पौडेल, तीर्थ जैशी, पवन ठाकुर, कृष्णकुमार कँडेल, सावित्रा भट्टराई, जानुका पोखरेल, भिषण चौलागाई रहेका छन् ।