खुशीको खबर : मलेसियाले ३२ हजार कामदार लैजाने तयारी ?

हाम्रो सन्देश संवाददाता

मलेसिया :

मलेसियाले प्लान्टेशन क्षेत्रमा ३२ हजार विदेशी कामदार ल्याउने भएको छ । विदेशी कामदारको अभावले आर्थिक क्षेत्रमा दीर्घकालीनरूपमा ग’म्भीर घाटा भैइरहेको भन्दै मलेसियाले प्ला’न्टेशन क्षेत्रमा विदेशी कामदार ल्याउने बताएको हो ।

मलेसियाका मानव संशाधन मन्त्री सरवानन मुरुगनले प्ला’न्टेशनमा श्रमिकको अभावलाई कम गर्न तत्काललाई करिब ३२ हजार विदेशी कामदार ल्याउने विशेष स्वीकृति सरकारले दिने निर्णय गरेको बताएको स्थानीय दि स्टार अनलाइनले जनाएको छ । केही समयअघि यहा‘को एसोसि’एटेड चाइ’निज चे’म्बर अफ कमर्स एण्ड इन्ड’स्ट्री (एसिसिसिआईएम)ले प्ला’न्टेशनमा विदेशी कामदार भर्ना लिन मलेसिया सरकारलाई अनु’रोध गरेको थियो ।

मन्त्री मुरुगनले विदेशी कामदार ल्याउने तयारी स्वरूप मानव संशाधन मन्त्रालयले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै २ हजार क्षमताको को’भिड आइसो’लेसन केन्द्र स्थापना गर्ने पनि बताए । उनले उक्त केन्द्र सञ्चालनका लागि स्ट्या’न्डर्ड अपरेटिभ प्रा’सिड्युर (एस’ओपी) पनि बनाइरहेको बताए ।

एसिसिसिआईएमका अध्यक्ष लो किआन चुआनले विदेशी कामदारलाई प्र’वेश दिने सरकारी प्लान्टेशन क्षेत्रमा देखिएको श्रमिकको अभाव हट्ने बताएका छन् । मलेसियामा को’भि’डको संक्र’मणपछि नयाँ विदेशी कामदारको एप्रू’भल दिइएको छैन ।

पाम आयल मलेसियाको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको छ भने त्यहाँको पाम आयलले विश्व बजारमा करीब एक तिहाइभन्दा बढीको आपूर्ति दिइरहेको छ । मलेसियाको प्लान्टेशन उद्योगमा सन् २०१० मा ६९ प्रतिशत विदेशी कामदार रहेका थिए भने सन् २०१५ मा विदेशी कामदारको उपस्थिति ७५ प्रतिशत पुगेको थियोे ।

हाल पनि विदेशी कामदारको निर्भरता यथावत रहेको मलेसियाका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । मलेसियाले आफ्ना नागरिक र अटोमेसनका आधारमा विदेशी कामदारको निर्भरता हटाउने बताए पनि पर्याप्त इन्से’न्टिभ नपाएको भन्दै स्थानीय कामदार प्लान्टे’शनको रोजगारीमा आकर्षित नभएको र अटो’मेसनका लागि समय लाग्ने बताइएको छ । राम प्रसाद सुवेदी संगम/मध्यान्ह डेली बाट /