मलेसिया सरकारले ३२ हजार बिदेशी कामदार ल्याउने तयारी थाल्यो ?

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर, २ असोज ।

मलेसियामा पछिल्लो समय विदेशी कामदारको अभावले आर्थिक क्षेत्रमा ठुलो घाटा भइरहेको पाइएको छ। कोरोना कहरले तनग्रिदै गरेको मलेसियाको अर्थतन्त्रलाई पुनः बलियो बनाउन एसोसिएटेड चाइनिज चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले बृक्षारोपण (प्लांटेशन) को क्षेत्रमा विदेशी कामदार भर्ना लिने बिषयमा सरकारलाई गरेको प्रस्तावको अनुमोदन गर्ने भए संगै बिदेशी कामदार आउने बाटो खुलेको छ।

चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले सरकार समक्ष पेश गरेको प्रस्तावलाई सरकारले पारित गर्ने निर्णय गरेको जनाएको छ। मानव संसाधन मन्त्री दातुक सेरी सरवानन मुरुगनले वृक्षारोपणको क्षेत्रमा श्रमिकको अभावलाई कम गर्न तत्काललाई करिब ३२ हजार विदेशी कामदार ल्याउने विशेष स्वीकृति सरकारले दिने निर्णय गरेको बताएका छन् । मंत्री मुरुगनको भनाई लाई उध्रिद गर्दै स्थानीय अनलाइन द स्टारमा प्रकासित समाचार अनुसार मन्त्रालयले क्वालालम्पुर अन्तर्राष्ट्रिय बिमानस्थल परिसरमै २,००० जना व्यक्ति अटाउने क्षमता भएको कोभिड आइसोलेसन केन्द्रको निर्माण समेत गरीरहेको छ।

नेपालीहरुको श्रम गन्तब्यको प्रमुख देश मध्ये मलेसिया पनि एक हो । यद्दपी मलेसियाको यो निर्णय भित्र नेपालि कामदार पर्छन वा पर्दैन भन्ने कुरोको जिकिर भने गरिएको छैन । यसको कार्यनयन संगै धेरैको चासो भने रहेको देखिन्छ । एसोसिएटेड (चाइनिज चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री अफ मलेशिया) का अनुसार मानव संसाधन मन्त्रालयले विदेशी कामदार प्रवेशको सुविधाका लागी बिमानस्थल नजिकै एक ठूलो क्षमता भएको आइसोलेशन केन्द्रको निर्माण सही दिशामा निर्माण गरेको प्रति प्रसंशा समेत गरेको छ। भने उक्त सरकारको कदम लाई महत्त्वपूर्ण रहेको बताएको छ ।

सो सस्थाका अध्यक्ष दातुक लो किआन चुआनले सरकारले चालेको कदमले मलेसियामा मजदुर अभाव लाई सम्बोधन गरेको र, विशेष गरी वृक्षारोपण क्षेत्रमा उल्लेख्य राहत मिल्ने दाबी गरेका छन्। भने मलेसियाको एसोसिएटेड चाइनिज चेम्बर अफ कमर्सले बृक्षारोपण क्षेत्रमा श्रमिकको अभाव कम गर्न ३२,००० विदेशी कामदार ल्याउने निर्णय र बिसेष अनुमोदन दिने सरकारी निर्णयको खुलेरै स्वागत समेत गरेको छ।