मलेसियाको बिमानस्थल्मा ढलेका गोबिन्द कुमारको शब नेपाल आयो !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २ असोज ।

बिगत १९ बर्षदेखि मलेसिया को पेनाङ्ग मा अबैधानिक रुपमा बसिरहेका थापा उनका कान्छा छोराले घर फर्कनको लागि बारम्बार दवाब दिएपछी घर फर्कन राजी भएका थिए । स्वदेश फर्केर आफ्नो परिवारसंग बाँकी जीवन बिताउने सोचेका उनी आफ्नो सजिब पैतालाले मातृभुमिको माटो स्पर्श गर्न नपाई मलेसियामा नै अस्ताउनु पर्यो । नेपालको लागि उडान हुने दिन बिमानस्थल परिसरमै अकस्मात बेहोस भै ढलेला उनि , त्यसलगत्तै बिमानस्थल प्रसासनले बिरामीलाई पुन पेनाङ्ग नै फर्काइदिएको थियो ।

पेनाङ्ग आइपुगेपछि उनलाई सुनिल श्रेष्ठ लगायत साथीहरू ले अस्पताल भर्ना गरि उपचार सुरु गराएका थिए । त्याहा उनलाई उपचार गर्न नसकिने भएपछी बि एम जनरल अस्पताल रेफर गरेको थियो । उनको थप उपचार लगायतमा सहयोग गरिदिन आफन्तजन बाट जनउद्धार केन्द्रलाई आएको निबेदनका आधारमा उपचार भैरहेको अबस्थामा गत सेप्टेम्बर २ को दिन मृत भएको थियो ।

दुधपोखरी गाउँ पालिका ६ लमजुङ घर भएका गोबिन्द कुमार थापा को शव आज त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल मा बरिस्ठ हांस्यकलाकार मनोज गजुरेल , पत्रकार सबिन धमला र जनउद्धार केन्द्रका नेपाल संयोजक मुकुट रायमाझी को उपस्थिति मा मृतक को परिवारले बुझेका छन ।

गोबिन्द कुमार को जिबित शरीर नेपाल फर्काउने ठुलो प्रयास गरेको जनउद्वार केन्द्र को पहलमा आर्थिक संकलन गरि उनको शब आजै नेपाल फिर्ता गरेको हो ।

केन्द्रका अध्यक्ष केशु थापाले मृत आत्माको चिर सान्तिको मागना गर्दै नेपाली दूतावास लगाएत सव फिर्ताको लागि सहजीकरण गर्ने सिटि एक्स्प्रेस मनि ट्रान्सफर , बिरस पुन, देवेन्द्र गिरि , जनउद्धार केन्द्र लभलेन समिती, सुपर10 पौरखी समूह , जनउद्धार केन्द्र कोलाम इकान समिती , सुनिल श्रेष्ठ को समेत सहयोग रहेको बताए ।