सरकारलाई एमाले प्रवक्ताको चुनौती : ‘१६५ सिट छँदैछ, एमसिसी पास गरे भैगो नि !’

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २ असोज ।

नेकपा (एमाले) प्रवक्ता प्रदीप ज्ञवालीले बहुमतको सरकारलाई अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता पारित गर्न प्रतिपक्षको साथ किन चाहियो भन्दै प्रश्न गरेका छन् ।

टोखाको नयाँ किरण समूह (न्हुँजःखलः)ले काठमाडौंमा आज आयोजना गरेको ‘नयाँ सरकारको कुटनीतिकअभिमुखीकरण : सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले संसद्बाट एमसीसी पास गर्न १६५ जना सासंदको बहुमत हुँदाहुँदै प्रतिपक्ष एमाले किन चाहियो भन्ने प्रश्न सरकारसमक्ष राखेका हुन् ।

एमालेको अवरोधले पनि ससंद् चलेकोतर्फ संकेत गर्दै उनले प्रतिपक्षविना नै एमसिसी पनि पारित गरेर देखाउन चुनौतीसमेत दिए ।

‘हिजो कांग्रेस, माओवादी केन्द्रले एमसिसी सम्झौता गरेका हुन् । यदि त्यो गलत थियो भने सम्झौता किन गर्नुभयो ?’, उनले भने, ‘त्यसैलाई एमालेले पारित गर्न लाग्दा किन केपी ओलीलाई गाली गर्नुभयो । अनि आज एमसिसीका लागि प्रतिपक्षको साथ खोज्ने ? १६५ सिट छदैं छ त, पारित गराए भैगो नि !