वितरकसँग चलचित्र नहुँदा सिनेमा हल खाली

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ असोज ।

लामो समयदेखि कोरोना महामारीका कारण बन्द रहेका चलचित्र हलहरु वितरकसँग चलचित्र नहुँदा सेनेमा हल खुल्न सकेका छैनन् । आम नेपालीहरुको मनोरञ्जनको विकल्पका रुपमा रहेको चलचित्रले हल अजै बन्द छन ।

यस सँगै काठमाडौको नयाँ बसपार्कस्थित लोत्से महलमा रहेको आइएनआइ सिनेमाजले पनि वितरकसँग चलचित्र नहुँदा सेनेमा हल सुचारु गर्न सकेको छैन । बन्दका कारण चलचित्र निर्माण नभएको र वितरकबाट चलचित्र नआएकाले लामो समयदेखि चलचित्र हेर्न नपाएका दर्शक निराश भएरका छन् ।

तर प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सिनेमा हल भने भदौ देखी खुलाउने निर्णय गरेका थिए । योसँगै मनोरञ्जन स्थल, जिमखाना, खेलकुद, व्युटीपार्लर सैलुन लगायतका अहिलेसम्म बन्द रहेका व्यवसाय सञ्चालन हुने भएका छन् ।

सिनेमा हेरेर रमाउने पुस्ताका दर्शकक कोरोना महामारी पश्चातको लकडाउनमा गाउँ फर्किएका छन् भने काठमाडौंमा भएका दर्शक पनि सिनेमा हेरेर मनोरञ्जन लिने मनस्थतीमा छैनन् ।