साँझको बेला फ्याट्टै यस्तो खबर सुन्नु परे पछि माधव -प्रचण्ड पुरै सशंकित

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ असोज ।

केहि समय अघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की अहिले भर्खरै फेरी बालकोट पुगेका छन् ।

एमाले अध्यक्ष ओली र देउवाका दुतको लगातारको भेटलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ । पछिल्लो समय सत्तागठबन्धनमा खटपट आइरहेको खबर बाहिर आइरहँदा देउवाले ओली सँग व्यापक हिमचिम बढाएका छन् ।

बाहिर भन्दा प्रमुख प्रतिपक्षी दल एमालेले गरिरहेको संसद् अवरोध खुलाउने पहल गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेको भनिएको छ तर खेल त्यत्तिमा मात्रै सिमित नरहेको बताइन्छ ।

ओली देउवा लगातारको बस उठले सत्तासाझेदार प्रमुख दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल भने नराम्रो सँग झस्किएका छन् । एमाले र काग्रेसको सरकार बनाएर अर्लि इलेक्सनमा जाने चर्चा चलिरहेका बेला ओली देउवा नजिकपनले धेरै प्रश्नहरु उठेको छ ।

संसद अवरुद्ध भएको अवस्थामा सरकारले बजेटको प्रतिस्थापन विधेयक पारित गर्न नसकेपछि बिहीबारबाट सरकारी खर्च बन्द भएको छ । सरकारी खर्च नै बन्द भएको सत्ता र प्रतिपक्षी दुवैको आलोचना भइरहेका बेला कार्की प्रमुख प्रतिपक्षी दलका नेतालाई विश्वासमा लिने प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर ओलीलाई भेट्न गएका हुन् ।

मन्त्री कार्कीले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई संसद अवरोध खुलाउन आग्रह गर्ने जानकारी दिएका छन् । एमालले सभामुखले पार्टी विभाजनका लागि भूमिका खेलेको भन्दै संसद् अवरोध गरिरहेको छ । संसद् अवरोध भएपछि सरकारले ल्याएको बजेट सम्बन्धी प्रतिस्थापन विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भएको छ ।

अर्को बैठक आउँदो सोमबारका लागि बोलाइएको छ । उक्त बैठकमा पनि एमालेको अवरोध नहट्ने देखेपछि सत्ता पक्षले विपक्षीलाई सहमतिमा ल्याउने कोसिस गर्न थालेको हो ।