मलेसियामा २७ वर्षिय आलेको कोरोना सक्रमणवाट मृत्यु ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३१ भदौं ।

मलेशियामा को’राना सक्र’मणवाट २७ वर्षिय एक युवाको मृ’त्यु भएको छ । सोह्र महिना अगाडि रोजगारीको लागि मलेसिया आएका गोर्खा नगरपालिका वडा न ११ माझिगौडाका २७ वर्षिय दिल वहादुर आले मगरको मंगलवार विहान करीव १० वजेतिर मृ’त्यु भएको हो ।

एक हप्ता अगाडि मात्रै को’रोना स’क्रमण देखिएका दिल चार दिन देखि जोहोरको अस्पतालमा उप’चार गराईरहेका थिए । मंगलवार विहान ८ बजे तिर दिलले घरमा भिडियोकल गरेर आफुलाई ज्व’रो आएको,खोकि लागिरहेको र स्वास्वा वढिरहेको वताएका थिए ।

करीव दश वजेतीर मलेसियावाट छोरा वितेको खवर घर परिवारमा आएपछि परिवारका सवै’जना अर्धचेत अवस्थामा पुगेका छन । श्रीमती र आमा वोल्न समेत सक्ने अवस्थामा छैनन ।

दिलयस अघि रोजगारीको लागि २०१६मा कतारमा से’क्युरिटि गार्डमा गएका थिए । कतारवाट फर्केपछि फेरी रोजगारीकै लागि २०२०को फेवु्अरी महिनामा सेक्यु’रिटि गार्डको भिषामा मलेसिया आएका थिए ।

दिल परिवारका कान्छा छोरा हुन । छोरी जन्मिएको एक महिना पछाडि नै मलेसिया आएका दिलको छोरीको उमेर अहिले १५ महिना मात्र पुगेको छ । परिवार श्रीमती,आमा वुवा दाजु भाउ’ज्यु रहेका छन ।