एमालेबाट बिग्रन र कुहिन लागेका विकार वस्तु बाहिरिए : केपी ओली

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३१ भदौं ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एमालेबाट बिग्रन बिग्रन खाजेका तत्वहरु बाहिरिएको बताउनु भएको छ । बिहीबार नेकपा एमाले काठमाडौ जिल्लाका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटक नेताहरुले नभै कार्यकर्ताहरुले पार्टी जोगाएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘ हामीलाई त साधारण सदस्य बाट पनि हटाएका थिए तर कार्यकर्ताहरु हटाउन नभ्याएका कारण आज एमाले जुरुक्क उठेको छ ।’ कार्यक्रममा ओलीले भन्नुभयो ‘यतिबेला नेकपा एमालेको भूमिका परिवर्तन भएको तर शक्ति उदेश्य र नीति परिवर्तन भएको छैन ।

पार्टी भित्रका दक्षिणपन्थी र परमादेशका कारण सरकार छाड्नु पर्‍यो : रामबहादुर थापा

नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले माधब नेपाल तथा पुष्पकमल दाहालले पुँजिवादीहरूको सहकार्यमा परामादेश बाट कम्युनिष्ट पार्टीको नेतृत्वलाई सरकारबाट अपदस्त गरेको बताउनु भएको छ ।

एमाले काठमाडौंले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले पार्टीभित्रका दक्षिणपन्थी र अदालतको परमादेशका कारण एमाले सत्ताबाहिर जानु परे पनि वर्ग संघर्षको माध्यमबाट फेरि राज्यसत्तामा आइपुग्ने बताउनु भयो ।

नेकपा एमाले कम्युनिष्ट आन्दोलन र समाजबादको मुल धारा भएको दाबी गर्दे नेता थापाले भन्नुभयो ‘आज राजनीतिक रूपमा हामी सत्ताबाहिर पुगेका छौं तर पार्टीभित्रका दक्षिणपन्थी विसर्जनवादीहरू पार्टीबाट अलग भएका छन् । हामी वर्ग संघर्षको माध्यमबाट एमालेको नेतृत्वमा पुनः सत्तामा आउनेछौं ।