बिहिबार ह्वातै घट्यो सुनको मुल्य, तोलामा कति ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३१ भदौं ।

नेपाली बजारमा सुनको मुल्य ह्वातै घटेको छ । बिहिबार नेपाली बजारमा सुनको मुल्य तोलामा ७ सय रुपैया घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९१ हजार २ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज ९० हजार ५ सयमा कारोबार भइरहेको जनाएको छ ।

बिहिबार तेजावी सुनको मूल्य पनि तोलामा ७ सय घटेको छ । बुधबार प्रतितोला ९० हजार ७ सयमा कारोबार भएको सुनको आज ९० हजारमा कोरोबार भइरहेका छ ।

यस्तै कहि दिनदेखी नेपाली बजारमा चाँदीको मुल्य भने स्थिर रहेको महासंघले जनाएको छ । सोमबार देखी चाँदीको मूल्य स्थिर रहेर तोलाको १२ सय रुपैयामा कारोबार भइरहेको छ ।

साहस उर्जाको असोज ६ गतेदेखि आईपीओ निष्कासन, कति कित्ता बिक्री खुला ?

साहस उर्जा लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म कुल ७० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कुल कित्ता मध्ये ५ प्रतिशत (३ लाख ५० हजार कित्ता) म्युचुअल फण्ड र ३ प्रतिशत (२ लाख १० हजार कित्तां) कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । त्यस्तै सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्तामा आवेदन दिन सक्ने छन् ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाइने बिक्री प्रबन्धकको एनआइबीएल एस क्यापिटलले जनाएको छ ।