मलेसियामा एकै कम्पनीमा काम गर्ने दुईजना नेपालीको मृत्यु !

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर, ३१ भदौं ।

मलेसियामा कोरोना भाइरसको सक्रमणवाट एकै कम्पनीमा कार्यरत दुईजना नेपाली श्रमिकहरुको ५ घण्टाको समयावधिको फरकमा मृत्यु भएको छ।

दार्चुला कौटे घर भई मेलेसियाको केलागमा रहेको एक सेक्युरिटि कम्पनीमा कार्यरत ४६ वर्षिय प्रेम सि वडालको गए राती मृत्यु भएको हो।

करीव ९ वर्ष देखि मलेसियामा कार्यरत वडालमा सेक्टेम्वर १ तारिखमा सक्रमण पुष्टि भएको थियो । चार दिन अगाडि मात्रै केलाग अस्पतालमा भर्ना भएका वडालको गएराती मृत्यु भएको हो ।

वडालको परिवारमा श्रीमती एक छोरा र एक छोरी रहेका छन । परिवारहरु सवैजना दार्चुलावाट हाल महेन्द्रनगरमा वस्दै आएका छन ।

यसैगरी कोरोना सक्रमणवाट नै वुधवारको दिन विहानको समयमा धादिङका ४७ वर्षिय हर्क वहादुर घलेको मृत्यु भएको थियो। हर्कपाचँ वर्ष देखि मलेसियामा कार्यरत थिए । दुवैजना विजीएस सेक्युरिटि कम्पनीमा कार्यरत रहेका थिए ।