विप्लव सँग मिलेर प्रचण्डलाई जे ल हाल्ने सुचना चुहिए पछि खुमलटारमा खैलाबैला

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० भदौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि दिन अघि एक सार्वजनिक कार्यक्रममा आफु एक्लो बन्न सक्ने गुनासो गरेका थिए । प्रचण्डको उक्त अभिव्यक्ति बारे विभिन्न टिका टिप्पणी भएको छ ।

प्रचण्डले एक्लो हुन सक्छु भन्ने अभिव्यक्ति बारे नेपालका लागी नेपाली पार्टीका अध्यक्ष बालकृष्ण न्यौपानले कठोर टिप्पणी गरका छन् । प्रचण्डको हालत उनले भनेको भन्दा पनि अझै दयनिय हुने दावी न्यौपानेको छ ।

ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा नेपालका लागी नेपाली पार्टीका अध्यक्ष न्यौपानेले प्रचण्ड एक्लो हुने मात्रै होइन एक्लो पनि जे लमा हुने ठोकुवा गरेका छन् । प्रचण्डले जती अपराध र राष्ट्रधात यो देशमा अरु कसैले नगरेको भन्दै उनले हिसाब किताब हुने बताएका छन् ।

प्रचण्डले अब दुई बर्ष पछि आफु एक्लै हुने होकी भनेको कुरा एकदम सहि भएको भन्दै उनले दुर्ई बर्ष पछि भनेको चुनाव पछि राजनिति सकिने विश्लेषण प्रचण्डले गरेको बताए । आगामी चुनाव पछि प्रचण्डको हालत निकै नै खराब हुन्छ यदि नेपाली जनता मान्छे हुन् भने उनलाई भोट दिँदैनन् उनले भनेका छन् ।

कुराकानीका क्रममा अध्यक्ष न्यौपानेले आफ्नो पार्टीको पहिलो एजेण्डानै पञ्चायत काल देखीको सार्वजनिक ओहदामा बसेकाहरुको सम्पत्ती छानविन गर्नु भएको भन्दै पहिलो नम्बरमा पुष्पकमल दाहाल रहेको पनि बताए । प्रचण्डले अहिले सम्म गरेका एकएक अप राधका फाइल खोलेर ठिक पार्ने पनि न्यौपानेले बताए ।
प्रचण्ण्ड प्रति निकै आक्रामक देखीएका न्यौपानेले नेत्रविक्रम चन्द विप्लवको भने तारिफ गरेका छन् । विप्लवलाई देशभक्त कम्युनिष्ट भन्दै उनले विप्लव सँग मिलेर जाने तयारी भइरहको र यस बारेमा विभीन्न चरणमा छलफल भएको पनि बताएका छन् ।

देश बच्यो भने मात्रै राजनिती गर्न सकिने भन्दै अध्यक्ष न्यौपानले अहिले एमसीसी र पछि अरु पनि राष्ट्रिय सवालहरुमा पनि विप्लव सँग मिलेर सहकार्य गरिने बताए । कम्युनिष्टहरु कोहि देशभक्त र कोही देश द्रोही रहेको भन्दै उनले विप्लव देशभक्त कम्युनिष्ट भएको बताए ।

प्रचण्डले काग्रेस, एमाले, भारत, अमेकिरा सबैलाई धोका दिइसकेको भन्दै अध्यक्ष न्यौपानेले अब प्रचण्ड एक दिन कमल थापा भन्दा चर्को राजावादी बनेर निस्कन सक्ने पनि बताए । सबै सँग ट्रायल गरेर सबैलाई धोका दिइसकेको र अब कमल थापा र प्रचण्डको मात्रै सहकार्य हुन बाँकी रहको पनि उनले बताए ।