मलेसियामा पाँच घन्टाको फरकमा दुइ नेपालि सेक्युरिटी गार्डको कोरोनाबाट मृत्यु ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० भदौं ।

दिनेश खड्का खप्तडि/ क्वालालम्पुर/ ३० भाद्र २०७८, बुधवार/ मलेसियामा कोरोना सक्रमणवाट एकै कम्पनीमा कार्यरत दुईजनाको ५ घण्टाको फरकमा मृत्यु भएको छ ।

दार्चुला कौटे घर भई मेलेसियाको केलागमा रहेको एक सेक्युरिटि कम्पनीमा कार्यरत ४६ वर्षिय प्रेम सि वडालको गए राती मृत्यु भएको हो ।

करीव ९ वर्ष देखि मलेसियामा कार्यरत वडालमा सेक्टेम्वर १ तारिखमा सक्रमण पुष्टि भएको थियो । चार दिन अगाडि मात्रै केलाग अस्पतालमा भर्ना भएका वडालको गएराती मृत्यु भएको हो । वडालको परिवारमा श्रीमती एक छोरा र एक छोरी रहेका छन ।

परिवारहरु सवैजना दार्चुलावाट हाल महेन्द्रनगरमा वस्दै आएका छन । यसैगरी कोरोना सक्रमणवाट नै वुधवार विहान धादिङका ४७ वर्षिय हर्क वहादुर घलेको मृत्यु भएको छ । हर्कपाचँ वर्ष देखि मलेसियामा कार्यरत थिए । दुवैजना विजीएस सेक्युरिटि कम्पनीमा कार्यरत थिए ।

मलेशियन केटीको कारण दिनेश मृ’त अवस्थामा भेटिए ?

७ बर्ष अगाडि मलेसिया गएका सिन्धुपाल्चोकका दिनेश ठकुरी आफ्नो बुवाआमालाई औधी माया गर्थे । दिनहुँ आमाबुवालाई फोन गरिरहन्थे । महिनै पिच्छे खर्च पनि पठाइ रहन्थे । ७ बर्षमा एक पटक पनि छुट्टी नआएका दिनेशले परिवारको मायामा केही पनि खोट लगाएका थिएनन् । दिनेशका दाजु दिपक ठकुरी आफ्नो परिवारसहित काठमाडौमा बस्थे । दाजुलाई पटक–पटक बुवाआमासँगै घर गएर बस्न सुझाइरहने दिनेशले गत शुक्रबार आफ्नो दाईलाई भिडियो कल गरे । उनीहरुको लामो कुराकानी भयो ।

काठमाडौंमा जग्गा किनेर घर बनाउने अनि बुवाआमालाई ल्याएर राख्नेसम्मका कुरा भए । दाजुभाईले सुखदुःख साटे । दिनेशले मलेसियाको कम्पनीमा लफडा परिरहेकोसम्म दाजुलाई सुनाएका थिए । शुक्रवार रातिको समयमा दिनेशले आफ्नो दाजुलाई भ्वाइस म्यासेज पठाए । राति भएकाले उनले फोन हेरेनन् । दिनेशले धेरै वटा भ्वाइस म्यासेज दाजुलाई पठाएका थिए । दाजु दिपकले भोलिपल्ट शनिवार बिहान मात्र म्यासेज हेरे । अनि आफ्नो भाईलाई फोन गरे, घण्टी गयो फोन उठेन । फोन गर्दा–गर्दा सायद ब्याट्री सकियो, मोवाइल अफ भयो । त्यसपछि दिनेशको फोन कहिल्यै लागेन ।

‘दाई सायद म भोलि रहन्छुकी रहदिन, यदि म मरेँ भने बुवाआमालाई नसुनाउनु है, मैले बुवाआमालाई केही गर्न सकिन, दाई तैले नै बुवाआमालाई हेर्नु है’ दिनेशले आफ्नो दाजुलाई रुदै अनि भक्कानिदै यस्तो भ्वाइस म्यासेज छोडेका रहेछन् । दाई दिपकको होस हवास उड्यो । दिनेशले मलेसियामा एकजना केटी र केटासँग झ’गडा परेकाले उनीहरुले भोलि मा’र्न सक्नेसमेत उल्लेख गरेका छन् । दिनेशले भनेका छन्–‘यदि म म’रेर गएभने एक मलेसियन इन्डियनलाई खोज्नु, म उसँग फा’इट गर्दै छु, यदि म भोलि केहि गरी म’रे भने यो मान्छेको नाम लिएर हिड्नु । यो मान्छेसँग मेरो पुरै ल’डाँई भईसक्यो । भोलि बाँच्छु या म’र्छु भन्ने थाहा छैन ।’

यस्तो म्यासेज देखेपछि दिनेशलाई कसैले मा’र्न सक्ने भन्दै दाईले खोजी गर्न थाले । चिनेजाने जतिलाई फोन गरे । एक दिनपछि मलेसियाबाट खबर आयो दिनेशले आफ्नै कोठामा आ’त्मह’त्या गरे भनेर । केही महिना अगाडिदेखि फरक स्वभाव देखाउन थालेका दिनेशलाई कम्पनीले नयाँ ठाउँमा सारेको थियो । एक जना स्थानीय केटीसँग प्रेमसम्बन्धमा परेपछि दिनेशको स्वभाव एकाएक परिवर्तन हुन थालेको सोही कम्पनीमा कार्यरत नेपालीहरुले भनेको दाजु दिपकको भनाई छ ।