ट्रक भित्रै बालिका ब ला त्कार गर्ने चालक र सह-चालक पक्राउ।

हाम्रो सन्देश संवाददाता

काभ्रे, ३० भदौं ।

ट्रकभित्रै १३ वर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने ट्रकका चालक र सह-चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा जिल्ला हल्दीबारी गाउपालिका-५ बस्ने ३२ वर्षिय चालक हर्क बहादुर विश्वकर्मा र सह-चालक मोरङ जिल्ला उर्लाबारी नगरपालिका-१ बस्ने बर्ष १८ का निदिप धिमाल रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिएका छ्न।

उनीहरुले यहि भदौ २६ गते राती १२:३० बजेतिर भक्तपुर नगरपालिका-१ श्रृजनानगर स्थित सडकमा पूर्व तर्फ जान भनी गाडी कुरिरहेकी बालिकालाई गन्तव्यसम्म पुर्याइदिने भनी गाडिमा राखेर ल्याएका थिए।

रातको करिब १:३० बजे काभ्रेको बनेपा नगरपालिका-१२ साझा पेट्रोल पम्प अगाडि गाडी रोकेर गाडी भित्रै चालक र सह-चालकले बालिकालाई जबरजस्ती करणी गरेका थिए।

त्यसपश्चात बालिकालाई त्यही छाडेर उनिहरु फरार रहेका थिए। अनुसन्धानको क्रममा हिजो मंगलबार धुलिखेलबाट ट्रक सहित चालक र सह- चालकलाई नियन्त्रणमा लिइएको डिएसपी खतिवडाले बताउनुभयो।