कागजपत्रविहिनलाई खुसीको खबर, अमेरिकामा आजैदेखि भयो नयाँ नियम लागू

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

अब अमेरिका इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले गर्भवती, सुत्केरी र स्तनपान गराउने महिलालाई सामान्यतया पक्राउ नगर्ने र हिराशतमा नराख्ने भएको छ । बाइडेन प्रशासनले अध्यागमन अधिकारीहरुलाई निर्देशन दिदै गर्भवती आप्रवासीहरुलाई पक्राउ गर्ने कामलाई प्राथमिकता नदिन भनेको हो ।

कानूनी रुपमा पक्राउ गर्नैपर्ने र अपवादका मामलाहरुमा बाहेक अब गर्भवती र स्तपान गराउने आप्रवासीहरुलाई पक्राउ नगरिने जनाइएको छ । शुक्रबार संसदीय कर्मचारीहरुलाई पठाइएको मेमोमा यो नीतिबारे उल्लेख गरिएको छ ।

पक्राउ गर्नैपर्ने अवस्थामा उनीहरुको उचित हेरचाहको बन्दोबस्त गर्न निर्देशन दिइएको छ । मेमोमा लैंगीक तटस्थताको भाषा प्रयोग गरिएको छ । जसका कारण तेश्रो लिंगीहरु प्नि समेटिएको जनाइएको छ ।

सुत्केरी भएको एकबर्ष ननाघेकाहरुले यस्तो छुट पाउने भएका छन् । पहिले नै हिराशतमा रहेकाहरुकोबारेमा पनि हिराशतमा निरन्तर राख्ने वा नराख्नेबारे मूल्यांकन गरिने जनाइएको छ ।

बाइडेन प्रशासनको नीतिले सन् २०१७ को ट्रम्प प्रशासनको मेमोलाई उल्टाएको छ । ट्रम्प कालिन नीतिका कारण अहिले पनि हिराशतमा लिइएका महिलाहरु गर्भवती भए नभएको परीक्षण गर्नुपर्ने आवश्यकता रहेको छ ।

ट्रम्पकालमा सन् २०१८ मा २०९८ जना गर्भवती महिलाहरुलाई हिराशतमा लिइएको थियो भने ३८१ जना स्तनपान गराइरहेका महिलाहरुलाई हिराशतमा लिइएको थियो ।