अबको चुनावपछि प्रचण्ड कार्यकारी राष्ट्रपति पक्का !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ भदौं ।

सत्तारुढ नेकपा (माओवादी) केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेताहरुले सो दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी राष्ट्रपति हुने दाबी गरेका छन्।

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष पञ्चा सिंहले आगामी निर्वाचनपछि प्रचण्ड मुलुकको पहिलो कार्यकारी राष्ट्रपति हुने दाबी गर्दै प्रचण्ड राष्ट्रपति नभई मुलुक उँभो नलाग्ने जिकीर गरिन्।

अखिल (क्रान्तिकारी) कैलालीको २० औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सिंहले भनिन्, ‘अबको निर्वाचनपछि मुलुकलाई दक्षिणपन्थतिर धकेल्ने सारा प्रयासहरु असफल हुनेछन् र प्रचण्डले पहिलो कार्यकारी राष्ट्रपतिको रुपमा गणतन्त्र नेपालको नेतृत्व गर्नेछन्।’

कार्यक्रममा माओवादी क्रेन्द्रका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट, कैलाली अध्यक्ष लाल बहादुर सोडारी, पूर्वसांसद हरि ज्ञवालीलगायतले सम्बोधन गरेका थिए।

त्यसपछि अपराह्न पनि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रचण्ड, नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच समेत छलफल भएको छ। बालुवाटारको बैठकमा जसपाका अध्यक्ष यादव अनुपस्थित रहेका थिए ।छलफलमा चाँडै नै सरकारलाई पूर्णता दिने विषयमा सहमति भएको नेकपा एसका नेता मेटमणि चौधरीले बताए।

भरसक भोलि नै मन्त्रिपरिषद् विस्तार हुने सहमति छ।नभए भदौ २८ गते सर्वोच्च अदालतको निर्णय आएपछि सरकार पूर्ण हुनेछ उनले भने।गठबन्धनका नेताहरूबीच एकैचरणमा सरकारलाई पूर्णता दिन नसकिएपनि २ चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको स्रोतले जनाएको छ। एमालेले तत्कालीन एमालेका १४ जना सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको छ।रिटको सुनुवाइ भदौ २८ गते तोकिएको छ।कांग्रेस सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए।