मलेसियामा कम्पनी छाडेर हिडेका दुई नेपालीलाई प्रहरीमा उजुरी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ भदाै ।

मलेसियामा कम्पनी छाडेर हिडेका दुई नेपालीलाई त्यहाँको एक कम्पनीले प्रहरीमा उजुरी दर्ता गराएको छ ।

मलेसियाको रावाङमा रहेको जोली इम्पोट एक्पोट को एसडिएन विएचडि रावाङमा कार्यरत कृष्ण वहादुर वम्जन र कृति चौधरीको नाममा रावाङ प्रहरीमा उजुरी दर्ता भएकोे छ । उनीहरु उक्त कम्पनीमा दुई वर्ष देखि कार्यरत रहेका थिए ।

दुवैजना सेक्टेम्वर ९ तारिख देखि कम्पनी सगं सम्पर्कमा नआएपछि प्रहरीमा रिपोर्ट गरिएको कम्पनीले जानकारी गराएको छ ।

कम्पनी श्रोतले दिएको जानकारी अनुसार वैधानिक हुदाहुदै भागेर अन्यन्त्र गएकाले कम्पनी छाड्नेहरु तथा कम्पनीलाई समेत अप्ठेरो पर्ने भएकाले प्रहरीमा उजुरी गरिएको वताउदै कम्पनीमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

कम्पनीले कागजात नबनाइदिँदा साउदीमा ४० नेपाली कामदार अलपत्र

बर्दियाका गजेन्द्र भण्डारी रोजगारीको लागि साउदी अरब गएको साढे ३ वर्ष भयो। कोरोना महामारीका कारण पाँच महिनाअघि नै रोजगारी गुमाएका भण्डारी स्वेदेश फर्कन भने सकेका छैनन्। उनी दुई वर्षका लागि मात्र साउदी गएका थिए। तर कोरोना महामारीका कारण एक वर्ष बसाइ लम्बियो। कम्पनीले बहिर्गमन भिसा नदिँदा पाँच महिनादेखि कामविहीन भएर उतै अलपत्र परेका छन्।

आफू काम गर्ने कम्पनी सेद इन्टरनेसनलले भण्डारीलाई थप एक वर्षको लागि भनेर राखे पनि विगत पाँच महिनादेखि भने बेरोजगार भए। उनलाई घर फर्कनको लागि आफूले काम गर्ने कम्पनीले न त आकामा बनाइदिएको छ न त बहिर्गमन भिसा नै। रोजगारीका लागि गएका कामदारको करार अवधि सकिएपछि रोजगारदाता कम्पनीले नै आवश्यक कागजात बनाएर स्वदेश फर्काइदिनुपर्ने हुन्छ। तर उक्त कम्पनीले उनको कागजात नबनाइदिँदा उनी अलपत्र परेका हुन्।

‘मेरो मात्र हैन, यहाँका धेरै नेपाली श्रमिकको समस्या नै त्यही हो,’ उनले भने, ‘हामी ५ महिनादेखि बेरोजगार भएर क्याम्पमा बसेका छौं। हाम्रो आकामा रिन्यु गरेको छैन। कम्पनीले बनाइदिनुपर्ने बहिगनमन भिसा पनि दिएको छैन।’ यसरी घर फर्कन नसक्नेमा भण्डारी मात्रै होइन, त्यही कम्पनीमा काम गर्ने अन्य ४० जना यसरी नै अलपत्र छन्।

‘कम्पनीको क्याम्पमा नै बसेका छौं। अहिले म बसेको ठाउँमा म बाहेक अन्य २ जना नेपाली छन्। बाँकी सबै अन्य क्याम्पमा छन्,’ उनले भने, ‘कम्पनीले कामबाट निकाल्यो तर बस्न भने दिएको छ।’ क्याम्पमा बस्नको लागि व्यवस्था भए पनि खानको लागि भने आफैंले व्यवस्था मिलाइरहेको उनी बताउँछन्।