मालामाल बनाउने यी लघुबित्तका आईपीओ आउँदै, हेर्नुहोस मितिसहित

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ भाद्र ।

अहिले एकपछि अर्काे गर्दै बिभिन्न कप्ननीहरुले सेयर निष्कासन गरिरहेका छन् । कतिपय प्राईभेट कम्पनीहरु आईपीओ जारी गर्नकाे लािग पब्लिक कम्पनी समेत बनिरहेका छन् ।

यसैगरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ। कम्पनीले सेयर जारी गर्ने समय खुलाएको छैन। दाङमा रजिष्ट्रार कार्यालय भएको कम्पनीले एक लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा सन्राइज क्यािपटल लिमिटेडलाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक सम्बन्धि सम्झौतापत्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सौगतबीर चौधरी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

अब क्यापिटलले कम्पनीको सेयर निष्काशन प्रकृया सुरु गर्ने छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि सेयर निष्काशन हुने छ। दाङको घोराहीमा रजिस्टर्ड कार्यालय रहेको आत्मनिर्भर लघुवित्तले छिट्टै आईपीओ जारी गरिने जनाएको छ।

यसैगरी नेस्डो समृद्ध लघुबित्तले पनि धितोपत्र बोर्डमा ८ लाख २८ हजार ७५० कित्ता आइपियो निष्कासन गर्न अनुमती माग गर्दै निवेदन दिएको छ । याे राम्राे अवस्था भएकाे लघुवित्त हाे ।

त्यस्तै जाल्पा सामुदायिक लघुवित्तले पनि ५ लाख २२ हजार कित्ता, साधारण सेयर निस्कासनको माग गर्दै धितोपत्र बोर्डमा पुगेको छ । जाल्पा सामुदायिक लघुबित्त थाेरै लगानीबाट धेरै पुग्न सक्ने क्षमता भएकाे कम्पनी हाे ।

यस्तै राष्ट्र उत्थान लघुवित्तले पनि ८ लाख ५० हजार कित्ता सेयर निस्कासन गर्न अनुमती माग गरेको छ । राष्ट्र उत्थान लघुवित्तले पनि आईपीओ निष्काशनकाे अनुमति पाएमा सेयर मार्केटमा राम्रै काराेबार गर्नेछ ।

उपकार लघुवित्तले समेत २ लाख ६६ हजार २५० कित्ता आइपीओ जारी गर्न बोर्डमा अनुमती मागेको छ। यसले पनि सेयर बजारमा राम्राे प्रभाव जमाउने देखिएकाे छ ।

यी पाँच लघुबित्तले कुल २४ लाख ६७ हजार कित्ता आइपीओ जारी गर्ने भएका हुन् । बोर्डमा आइपियो निस्कासन तथा बिक्रिको लागि निवेदन दिएर बसेका यी पाँच कम्पनिले बोर्डको स्वीकृतिपछि यी लघुवित्तले सर्वसाधरणमा सेयर जारी गर्नेछन् ।