ओलीलाई अर्को झड्का: एमालेका ४६ नेता काँग्रेसमा प्रवेश !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २७ भाद्र ।

जिल्लाको खोटेहाङ गाउँपालिका वडा नं. ३ सावा कटहरेमा नेकपा (एमाले) परित्याग गरि ४६ जना नेपाली काङ्ग्रेस प्रवेश गरेका छन्।

शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशिहरुलाई काङ्ग्रेस खोटाङका महासमिति सदस्य एवं युवा नेता रविप्रकाश राईले स्वागत गरेका थिए।

पार्टीका नवनिर्वाचित वडा सभापति जेफर राईको सभापतित्वमा आयोजित कार्यक्रममा युवा नेता रविप्रकाश राईका साथै नेबिसंघ खोटाङका पूर्वाध्यक्ष एवं पार्टी जिल्ला सदस्य दिनेश घिमिरे, तरुण विभाग केन्द्रिय सदस्य राजु ढकाल लगायतका नेताहरुले नवप्रवेशिहरुलाई स्वागत गरेका थिए ।

सभापति जेफर राईका अनुसार पार्टी प्रवेश संगै वडा नं. ३, सावाकटहरेमा ३९ सदस्यीय टोल कमिटी समेत गठन गरिएको छ।

एमाले परित्याग गरि काङ्ग्रेसमा प्रवेश गर्नेमा नरेश वि।क। लगायतका अन्य नेताहरु रहेको छन् ।

स्वागत कार्यक्रममा बोल्दै रविप्रकाश राईले काङ्ग्रेस भित्र कहिलै अन्यायमा पर्न नदिने र राजनीतिक जीवनको उचित मूल्याङ्कन गर्दै उपयुक्त जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।