मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । कार्यक्षेत्रको त्रुटिका कारण मानसम्मानमा आचँ आउन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रयोगमा साबधानि अपनाउनु उत्तम रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला परेतापनी कार्यका क्षेत्रमा भने एक्लो महसुस रहनेछ । पठन पाठनका क्षेत्रमा समय उत्तम रहनेछ । रचनात्मक कार्यको क्षेत्रमा अघि बढ्दा निकै फाईदा प्राप्त हुनेछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य समस्या देखा पर्नेछ । साताको अन्त्य तिर अनावश्यक क्षेत्रमा खर्चको सम्भाबना रहनेछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरु द्वारा धोका हुन सक्ने सम्भाबना रहेकोछ । मानसम्मानमा आचँ आउन सक्नेछ । यो साता मान्यजनहरुको अग्रसरमा गरेका कार्यहरु उत्तम रहनेछन ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साताको प्रारम्भमा कार्य सम्पादनका निम्ती अधिक यात्राको सम्भाबना रहनेछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तनाबको सृजनाहुन सक्नेछ । बलतथा पराक्रममा कमि महसुस रहनछ । खराबसंगतका कारण सामान्य झमेलामा फस्ने सम्भाबना रहेकोछ । मानसिक चन्चलताका कारण कार्य क्षेत्र प्रभाबित रहनेछ । मगंलबार पश्चात मान्यजनहरुको साथ सहयोगमा भुमि तथा बाहान प्राप्तीको योग रहनेछ । सामाजिक कार्यमा अग्रसर रहने समय रहेनेछ । सभासम्मेलनजन्य कार्यमा सहभागीताका कारण मन प्रशन्न रहनेछ । मानप्रतिष्ठा प्राप्तीको योग रहेकोछ । साताको अन्त्य तिर आम्दानिका बिभिन्न श्रोतहरुफेला पर्नेछन । कला कौशलको प्रयोग द्वारा हरकसैलाइ मुग्ध तुल्याउन सकिनेछ । अध्यन अध्यापनका निम्ती उत्तम समय रहेकोछ । नयाँकार्यको थालनिले आम्दानिका दिर्घकालिन श्रोतहरु तयार हुनेछन । यो साता लगनसिलताको कदर साथै आम्दानि उत्तम रहनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) साताको प्रारम्भमा स्वास्थ सम्बन्धी समस्याका कारण सामान्य तनाबको सामना गर्नु पर्नेछ । कार्य क्षेत्रमा अपजसको सामना गर्नु पर्नेछ । स्थानपरीवर्तनको समेत सम्भाबना रहेकोछ । बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य समस्या देखा पर्नेछ । स्थीर क्षेत्रमा लगाईएको लगानिको ढिलो भएपनी उत्तम प्रतिफल प्राप्त रहनेछ । मनोरञ्जनमुलक यात्राको सम्भाबना रहनेछ । मित्रजनहरुको अधिक सामिप्यता उत्तम रहने छैन । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले सहजता पूर्ण ढंगमा प्राप्त गर्नेछन । आटँ शाहसमा कमि आउनाले कार्यक्षेत्रमा समय दिन सकिने छैन । साताको अन्त्यमा अधुराकार्यहरु सम्पादन गर्न समयले साथ दिनेछ । भौतिक साधनको प्रयोग तथा खरिदका कारण मन प्रशन्न रहनेछ । मान्यजनहरुको मार्गदर्शनबाट बिशेष कार्यमा सहभागीताको योग रहनेछ । यो साता तपाइ बाट फाईदा लिन धेरैले प्रयास गर्नेछन सजग रहनु होला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साताको प्रारम्भमा गरीरहेको कार्यमा सामान्य बिलम्बको योग रहनेछ । ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । नयाँकार्यको थालनिका कारण शरीरमा स्फुति प्राप्त रहनेछ । जटिलतथा अधुराकार्य सम्पादनगर्नका निम्ती पारीवारिक साथ सहयोग आवश्यक रहनेछ । मंगलबार पश्चात भने गरीरहेको कार्यका कारण नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य समस्या देखा पर्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । मान्यजनहरु सगँको सम्बन्धमा समेत सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । साताको अन्त्य तिर कार्य सम्पादनका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । अरुको प्रशन्नताका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । अधुरो यात्राको सम्भाबना रहेकोले साबधानि अपनाउनु पर्नेछ । कार्य क्षेत्रमा जिम्बेवारीको कमि महसुस रहनेछ । यो साता कार्य सम्पादनमा गोप्यताको आवश्कता रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पुराना लगानि उठाउनका निम्ती समय उत्तम रहनेछ । प्रतिश्पदा जन्य क्षेत्रमा अब्बल स्थान प्राप्त रहनेछ । देशबिदेशको यात्राका कारण परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । सामाजिक कार्यमा अग्रसरता जनाउने समय रहनेछ । पशु तथा चौपायमा सामान्य हानिको सम्भाबना रहनेछ । मगंलबार पश्चात पुराना मित्रजनहरुको भेटघाटमा मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय मध्यम रहला । जिबनसाथिको सहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । बिलासिताका साधन खरिदको योग रहनेछ । शारीरिक आलस्यबाटँ भने टाढा रहने प्रयास गर्नु होला । साताको अन्त्यमा स्वास्य सम्बन्धी समस्याले सताउनेछ । यात्राका क्रममा साबधानि अपनाउनु होला गरीरहेको कार्यमा सामान्य त्रुटिको सम्भाबना रहनाले साबधानि पुर्वक सम्पादन गर्नु उत्तम रहनेछ । यो साता अरुको बिश्वासमा कार्य नसुम्पिनु उत्तम रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहनेछ । आम्दानिका श्रोतहरु फेला परेता पनि आफन्तजनहरुको सहयोग प्राप्त नहुनाले आम्दानि मध्यम रहनेछ । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । रचनात्मक कार्यमा खर्चिएको समय महत्वपूर्ण रहनेछ । आफुभन्दा सानाको स्वास्थमा सामन्य समस्या देखा पर्नेछ । प्रतिश्पर्दा जन्यकार्यमा साबधानी अपनाउनु राम्रो रहनेछ । नजिकका आफन्तजनहरुनै तपाइका बिरोधीका रुपमा देखा पर्नेछन । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । अनावश्यक क्षेत्रमा अधिक खर्चको सम्भाबना रहेकोले साबधानि अपनाउनु होला । साताको अन्त्य तिर भने नयाँकार्यको प्रारम्भको योग बन्नेछ । ब्यपार ब्यवसायमा लगाईएको लगानि उत्तम रहनेछ । पारीवारिक सम्बन्धमा सुधार रहनेछ । मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । यो साता शत्रुपक्ष सबल रहनाले प्रत्येक कदममा सजग रहनुहोला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) साताको प्रारम्भमा कार्यसम्पादनमा सामान्य ढिलाईको योग रहनेछ । सामाजिक कार्यमा जुट्दा साबधानी पूर्वक अघि बढ्नु होला । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोछ । सामान्य अप्रिय खबरले मनमा चन्चलता उत्पन्न गराउनेछ । सबारी साधनको प्रयोगमा तथा भौतिक साधनको प्रयोगमा साबधानि अपनाउनु पर्नेछ । कला कौशलको प्रयोग द्वारा बिशिष्ट ब्यत्तिहरुलाई मोहित तुल्याउन सफल रहिनेछ । बिद्यार्थी बर्गका निम्ती यो साता उत्तम रहेकोछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहनेछ । साताको अन्त्य तिर नयाँ लगानीका साथमा नयाँकार्यको थालनिको योग रहनेछ । अरुद्वारा सम्पादित कार्यको श्रेय तपाईले प्राप्त गर्नाले मन प्रशन्न रहनेछ । देश बिदेशको यात्राको सम्भाबना रहनेछ । स्वास्थमा समेत सामान्य सुधारको योग बन्नेछ । यो साता कार्यक्षेत्रमा लगनसिलताको कमि महसुस रहनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ । यात्राका क्रममा बिभिन्न झमेलाहरुको सामना गर्नु पर्न सक्नेछ । खराब सगंतका कारण सामान्य अपजसको भागीदार रहने योग रहेकोछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता देखा पर्नेछ । भौतिक साधनको प्रयोगमा अधिक समय ब्यतित रहला । पारीवारिक साथ सहयोमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुनेछन । पति पत्नि बिचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ ।साताको अन्त्य तिर प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेकोनै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मीक खर्चको सामना गर्नु परेपनि आय आर्जनका लागी भने समय उत्तम रहेको छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सामाजिक कार्यका क्षेत्रमा अग्रसर रहने योग रहनेछ । स्थीर क्षेत्रमा गरीएको लगानि दिर्घकालिन श्रोतको साधन बन्नेछ । भोज भतेर जन्यकार्यमा सहभागीताको योग रहनेछ । सामान्य चोट पटकको सम्भाबना रहेकोले बिशेष साबधानि अपनाउनु पर्नेछ । बाणीका कारण आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछ । स्वास्थमा सामान्य सुधारको योग बन्नेछ । मनोरञ्जन पूर्ण यात्राको योग रहेकोछ । कार्य क्षेत्रमा लगाईएको लगन सिलताको कदर प्राप्त हुने समय रहनेछ । साताको अन्त्य तिर गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । पारीवारिक झोर झमेलाको सामना गर्नु पर्ने सम्भाबना रहेकोछ । भौतिक श्रोत्र साधनको प्रयोगमा साबधानि अपनाउनु पर्नेछ । अध्यन अध्यापनका क्षेत्रमा समय मध्यम रहनेछ । यो साता मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) साताको प्रारम्भमा नयाँ कार्यको थालनिको योग रहनेछ । कला कौशलको प्रयोग द्वारा आफ्नो प्रभुत्व बढाउन सफल रहिनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायमा साजेदारी उत्तम रहनेछ । बिलासिताका साधनको खरिदको योग बन्नेछ । सामान्य यात्राको सम्भाबना रहनेछ । अध्यन अध्यापनमा त्यति उत्तम समय रहनेछैन । दिर्घकालिन फाईदाका श्रोतको क्षेत्रमा सामान्य लगानिको अवसर प्राप्त रहनेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीता जनाउने समय रहेकोछ । स्वास्थका क्षेत्रमा भने सामन्य समस्या देखा पर्ने सम्भाबना रहेकोछ । साताको अन्त्य तिर पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । धार्मिक क्षेत्रको यात्राको उत्तम योग बन्नेछ । यो साता नयाँ लगानि गर्नका निम्ती उत्तम रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) साताको प्रारम्भ अप्रत्यासित यात्राको सम्भाबना रहनेछ । परीवारका सदस्यहरु सगँको बात चितका क्रममा सामान्य मतभेद देखा पर्नेछ । अनावश्यक खर्चका कारण तात्कालिक आर्थिक अभाबको सम्भाबना रहनेछ । नजिकका मित्रजनहरुद्वारा बिश्वासघात हुन सक्नाले साबधानि पुर्वक रहनु पर्नेछ । मगंलबार पश्चात भने अधुरा कार्यहरु क्रमीक रुपमा सम्पादन हुनेछन । जोस र जागरमा बृद्धि हुनेछ । पारीवारिक साथसहयोग मनग्य प्राप्त रहनेछ । अध्यन अध्यापनमा लगाईएको समय उत्तम रहनेछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । साजेदारी कार्यका क्षेत्रमा भने बिशेष सजग रहनु पर्नेछ । साताको अन्त्य तिर आफन्तजनहरु सगँको भेटघाटमा मन रम्नेछ । सञ्चित धन अरुको प्रशन्नताका निम्ती खर्च गर्नुपर्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । यो साता नयाँ लगानि गर्न बिशेष सजग रहनु होला ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) साताको प्रारम्भमा आँटेका कार्यहरु पुरा हुनेछन । आफन्तजनहरु सगँको सम्बन्ध टाढिन सक्नेछ । वैदेशिक क्षेत्रबाट राम्रै लाभ प्राप्त रहनेछ । पशु तथा चौपायमा सामान्य हानिको सम्भाबना रहेकोछ । पठनपाठन सन्तोषजनक रहनेछ । नोकरीमा सामान्य तनाबको सामना गर्नु परेता पनि साताको अन्त्यमा मनग्य लाभ प्राप्त रहनेछ । बौधिक ब्यत्तित्वहरुको सगँको संगत गर्ने अवसर प्राप्त रहनेछ । मगंलबार पश्चात गररिहेको कार्यमा सामान्य ढिलाईको सम्भाबना रहनेछ । लामोदुरीको यात्राको योग बन्नेछ । तपाईको कार्यमा त्रुटि देखाउने हरुको सङ्ख्यामा बृद्धिहुनेछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य सुधार रहनेछ । साताको अन्त्यमा दाम्पत्य सम्बन्धमा विश्वासको कमि महसुस रहनेछ । नयाँ कार्यको थालनिका निम्ती मान्यजनहरुको पदप्रर्दशन आवश्यक रहनेछ । यो साता अधिक खर्चका् योग बन्नेछ ।