गोल्डेन गाउनमा बोल्ड निया शर्मा (फोटो फिचर)

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

निया शर्मा बलिउड टेलिभिजन जगतकी बोल्ड अभिनेत्रीका रुपमा चिनिनुहुन्छ । सामाजिक सञ्जालमा निकै सक्रिय नियाका फ्यान फलोइङ पनि उत्तिकै रहेका छन् ।

हट लुक्सका कारण चर्चामा आइरहने निया सामाजिक सञ्जालमा धेरै फलोअर्स कमाउन सफल अभिनेत्रीमा पर्नुहुन्छ। एसियाकी सबैभन्दा कामुक महिला बन्न सफल रहनुभएकी नियाले पछिल्लो समय इन्स्टाग्राममा केही तस्वीर सार्वजनिक गर्नुभएको छ ।

गोल्डेन शिमरी गाउनमा निया बोल्ड र निकै सुन्दर देखिनुभएको छ ।

कामको कुरा गर्दा निया पछिल्लो समय पञ्जाबी गीत ‘अखियान गा घरु’ को म्युजिक भिडियोमा देखिनु भएको थियो । नियाले रियालिटी शो ‘खतरों के खिलाडी’ पनि जित्नुभएको थियो ।

हेर्नुहोस् तस्वीरमा –