एमसीसी उपाध्यक्ष फतिमाले नेपालका नेतालाई दिईन यि ४ सन्देश ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ भाद्र ।

नेपालमा एमसिसिको बिबादका बाबजुद नेपालको चार दिने औपचारिक भ्रमणमा आएकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी उपाध्यक्ष फातिमा सुमारले प्रमुख राजनीतिक दलका शीर्ष भेटघाट सकेकी छन् ।

बिहीबार प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलबाट भेटको शुरुवात गरेकी उनले शुक्रबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरिन् । फतिमाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवाद अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुसँग भेटघाट गरेकी छन् ।

एमसीसी परियोजना अनुगमनको सिलसिलामा यस अगाडि पनि पटक–पटक नेपाल भ्रमणमा आएकी सुमारको यस पटकको भ्रमण भने राजनीतिक दलका नेताहरुसँग भेटमा केन्द्रित रह्यो । उनको भ्रमणको समग्र सन्देश हो–जे निर्णय गर्ने हो छिटो गर ।

एमसीसी परियोजना नेपालमा निकै गिजोलिएको र अझै ढिलाइ भएमा झन् समस्या उत्पन्न हुने भन्दै अमेरिकाले यसलाई सकेसम्म छिटै टुंगो लगाउन चाहेको छ । प्रमुख दलका शीर्ष नेताहरुसँगको भेटमा फतिमाले दिन खोजेको सन्देशलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।

१. छिटो संसदीय अनुमोदन होस्

२. एमसीसीमा कुनै सैन्य तत्व छैन

३. दबाब दिन आएको होइन

४. नेपालले नलिए त्यो रकम अर्कोलाई दिन्छौं