सरकारले दुईपांग्रे सवारी कर बढायो,कुनको कति बढ्यो कर ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ भाद्र ।

सरकारले दुईपांग्रे सवारी साधनको कर बढाएको छ।

शुक्रबार ल्याएको प्रतिस्थापन विधेयकमार्फत् सरकारले दुईपांग्रे सवारी साधनको कर २० प्रतिशतसम्म बढाएको हो।

विधेयकले १२५ सिसीभन्दा माथिका मोटरसाइकलरस्कुटरको अन्तशुल्क १० प्रतिशत बढाएको हो। ५०० देखि ८०० सिसीका बाइकमा भने २० प्रतिशत अन्तशुल्क बढाइएको छ।

अन्तशुल्क बढेसँगै अब नयाँ आउने १२५ देखि १५५ सिसी इन्जिन क्षमताका दुई पांग्रे सवारीसाधनको मूल्य बढ्नेछ।

नेपाली बजारमा यी मध्यम मूल्यका र धेरै बिक्री हुने सवारी मानिन्छन्। त्यस्तै २०० देखि ८०० सिसीका बाइकको पनि भाउ बढ्नेछ। ८०० सिसीमाथि भने अन्तशुल्क पुरानै दर, १०० प्रतिशत कायम छ।

नयाँ व्यवस्थाअनुसार १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरमा १५ हजार रुपैयाँ, १२५–२५० सीसीसम्मका मोटरसाइकलमा १८ हजार रुपैयाँ, २५०–४०० सीसीसम्मका मोटरसाइकलमा ५० हजार रुपैयाँ र ४०० सीसीमाथिका मोटरसाइकलमा १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लाग्ने व्यवस्था गरिएको छ।