सुदूरपश्चिम, २६ भाद्र ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ः१३ बजे यहाँ धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार पाँच दशमलव तीन रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तर काशीक्षेत्र आसपास रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।
संखुवासभा सामूहिक हत्या प्रकरण : आरोपित पक्राउ
संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सामूहिक हत्या काण्डको आरोपमा स्थानीय एक युवालाई पक्राउ गरिएको छ । उनी हत्या भएको कार्की परिवारको आफन्त रहेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानमा सक्रिय संघीय प्रहरी एकाई कार्यालय धरानका एसपी भीम दाहालले अनुसन्धानबाट अझै केही कुरा पूरा गर्नु पर्ने भएकाले त्यो पुष्टि हुनेवित्तिकै पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरिने जानकारी दिए ।
संखुवासभाको मादी नगरपालिका १ खोला गाउँको उम्लिङमा सोमबार तेजबहादुर कार्की र उनकी श्रीमती कमला कार्की, तेजबहादुरकी आमा पार्वती कार्की, तेजबहादुरकी जेठी बुहारी रञ्जना कार्की, नाती ११ वर्षीय दीपेन कार्की, नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।