पुरुषमा यौ/न समस्या भए/नभएको कसरी थाहा पाउने ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं।

यौ/न रोगको विषयमा सामान्यताः पुरुष वा महिला जो कोहि पनि खुलेर कुरा गर्न हिच्किचाउँछन्। तर, चिकित्सकहरुले यौन जीवनलाई गम्भीरतापूर्वक लिन सल्लाह दिने गर्छन्। विशेषगरी, नेपाल र भारतजस्ता देशहरुमा यौन स्वास्थ्यको विषयमा खुलेर कुराकानी गर्ने गरिदैन।

एक एन्ड्रोलोजिस्ट यौ/नसँग सम्बन्धित रोगका बारेमा पत्ता लगाएर यसको सही उपचार गर्न सक्छ। एन्ड्रोलोजिस्ट एक विशेषज्ञ युरोलोजिस्ट हुन् जसले पुरुषहरुमा प्रजनन् क्षमता र यौ/न स्वास्थ्यसँग जोडिएका हरेक गम्भीरतालाई बुझ्न सक्छन्। विशेषज्ञका अनुसार यदि कुनै पनि पुरुष यौ/नसँग जोडिएका चार समस्यासँग जुधिरहेका छन् भने उनीहरुलाई तुरुन्त एन्ड्रोलोजिस्टसँग सम्पर्क गर्न आवश्यक छ।

शीघ्रपतनः यदि यौनसम्पर्कपछि शीघ्रपतन भइरहेको छ भने तपाईं प्रीम्याच्योर एजकुलेशनबाट पीडित हुन सक्नुहुन्छ। यो समस्या प्रायः कम उमेरका व्यक्तिहरुमा देखिन्छ। यो समस्या धेरै उमेरका मानिसमा पनि हुनसक्छ। युरो-एन्ड्रोलोजिस्ट्सका अनुसार प्रिम्याच्योर एजाकुलेशन धेरै उमेरका मानिसमा इरेक्टाइल डिसफंक्शनको चेतावनी संकेत हो। यसले मानिसमा एन्जाइटी डिसअर्डरको समस्या पनि निम्त्याउन सक्छ।

यौ/नसम्पर्क राख्ने इच्छामा कमिः यौ/नसम्कर्क राख्ने इच्छामा कमि आउनु पनि समस्या मानिन्छ। यो समस्या पुरुष हर्मोन टेस्टोस्टेरोनको मात्रामा कमि हुनुसँग जोडिएको हुन्छ। यद्यपि, शरीरमा टेस्टोस्टेरोनसँग सम्बन्ध हाम्रो सेक्स ड्राइभ, स्पर्म प्रोडक्शन, माशंपेशी, कपाल र हड्डीहरुसँग जोडिएको हुन्छ। चिकित्सकका अनुसार यो हर्मोनले मानिसको शरीर र मस्तिष्कको मुडलाई प्रभावित पार्ने काम गर्छ। डिप्रेशन, एन्जाइटी वा सम्बन्धमा कठिनाइले पनि यौनसम्पर्क राख्ने इच्छामा कमि आएको हुनसक्छ। यसका साथै, मधुमेह, उच्च रक्तचाप, एन्टीडिप्रेसन्ट जस्ता रोगहरुका कारण पनि यौनइच्छामा कमि आउँछ।

बाँझोपनः बाँझोपनले पनि ४० देखि ५० प्रतिशत योगदान दिने गर्छ। गर्भाधारण गर्न अयोग्य हुने प्रमुख कारण असन्तुलित हर्मोन, भेरिकोसेले र सेक्सुअल डिसफंक्शन हुन्। यसले पुरुषलाई बाँझोपनको शिकार बनाउँछ।

इरेक्टाइल डिसफंक्शनः यौन सम्पर्कका लागि लिंग उत्तेजित हुन आवश्यक हुन्छ। शारीरिक सम्बन्ध बनाउँदा लिंग उत्तेजित हुँदैन भने यसलाई पनि चिकित्सकहरुले गम्भीर समस्या भएको बताएका छन्। यो समस्या पुरुषको लिंगसम्म रगत प्रवाह नहुँदा यस्तो समस्या आउँछ।