संसोधित बजेटः अब केपी ओलीले पनि उपचार खर्चवापत मासिक ५ हजार भत्ता पाउने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २५ भदौ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मासिक पाँच हजार भत्ता पाउने भएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए । सो विधेयकमा मृगौला प्रत्यारोपण गरेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात लगायतका दिर्घरोगीहरुलाई औषधी खर्चबापत मासिक ५ हजार भत्ता दिने उल्लेख गरिएको छ ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री रहँदा गत वर्ष नेपालमै मृगौला प्रत्यारोपण गरेका थिए । विधेयकको १६ नम्बर बूँदा बमोजिम अब ओलीले पनि मासिक ५ हजार रुपैयाँ उपचार खर्चवापत पाउनेछन् ।

संसोधित बजेटको १६ नम्बर बूँदामा लेखिएको छ , ‘मृगौला प्रत्यारोपण गरिएका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधी उपचार खर्चवापत मासिक रु. ५ हजारका दरले उपलब्ध गर्ने व्यवस्था मिलाएको छ ।