एमसीसीको विरोध गर्नेलाई मुख छोडेरै गाली गर्न थालिन रामकुमारी झाँक्री

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २५ भदौं ।

नेकपा एकिकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्च कर्पोरेशन एमसीसीको विरोध गर्नेलाई तथानाम गालि गर्न थालेकी छन्मा।धव नेपाल नेतृत्वको नेकपा एसकी नेता झाँक्रीले एमसिसीको विरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन्।

उग्र भाषणमा पारंगंत रहेकी झाँक्रीले केपी ओलीको कन्दनी सम्झँदै असभ्य भाषा प्रयोग गरेर गाली गरेकी छन् ।उनले भाषणमा केपी ओली र भिम रावल प्रति खनिदै एमाले अध्यक्ष ओलीलाई कुनै बेला एमसीसी पास गर्न कन्दनी सुर्किएर लागेकाले अहिले विरोध गरेको भन्दै आलोचना गरेकी छिन् ।

ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसिसी पास गर्न मरिमेटेर लागेको दाबी गर्दै नेता झाँक्रीले अहिले त्यसको विरोधमा उभिएकोमा आक्रोश समेत व्यक्त गरिन्।

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उनले महाकाली सन्धिमा समेत राष्ट्रघात गरेका ओली र रावलले राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी व्याख्या गर्ने गरेकाले पनि नयाँ पार्टी गठन गरेर अघि बढ्नु परेको तर्क गरिन्।

उनले भनिन्ख डग ओली हिजो एमसिसी पास गर्न कन्दनी सुर्क्याएर लागिपरेका मान्छे आज एमसिसीको विरोध गर्दैछन्। त्यसकारण पायक पर्दाको बखत बोलिने राष्ट्रवाद।कमरेड भीम रावल आज एमसिसीको विरूद्धमा जसरी बोल्दैछन्।

उनले भनिन्, मलाई सम्झना छ–५३ सालमा यो भन्दा ठूलो राष्ट्रघाती सन्धि महाकाली सन्धि भएको थियो।भीम रावलको पोजिसन के थियो ? कमरेड खडगप्रसाद ओलीको पोजिसन के थियो ? महाकाली सन्धिका बेला।

उनले कम्युनिष्ट आन्दोलनलाई सत्यानाश बनाउने बाटोमा अघि बढेका ओलीले मुलुकलाई नै विघटनको दिशामा लैजाने प्रयास गरेपछि आफूहरूले सत्ताबाट हटाएको पनि पटकरपटक दोहोर्याइन्।नेता झाँक्रीले ओलीको नेतृत्वमा रहेको एमालेको हालत सदभावना पार्टीको जस्तै हुने टिप्पणी समेत गरिन् ।