अध्यक्ष प्रचण्डसँग एमसीसी प्रतिनिधि मण्डलको भेट

हाम्रो सन्देश संवाददाता

ललितपुर, २५ भदौं ।

पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´सँग नेपाल भ्रमणमा रहेको अमेरिकी परियोजना एमसीसीका उपाध्यक्ष फतिमा सुमारको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले भेट गरेको छ ।

भेटमा अध्यक्षले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताउनुभयो । उहाँले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको बताउनुभयो ।

भेटमा उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताउनुभयो । यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउनुहुँदै सकारात्मक निर्णय हुनेमा आफु आशावादी रहेको उहाँको धारणा थियो ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलेनियम च्या,लेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन नभई संसदले पास नगर्ने बताएका छन् ।

मंगलबार पार्टी सम्वद्ध योङ कम्युनिस्ट लिग (वाई,सीएल)को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी सम्झौता संशोधन हुनुपर्ने बताएका हुन् ।

एक सहभागीका अनुसार अध्यक्ष प्रचण्डले सम्बोधन गर्दा एमसीसीबारे केही बोलेका थिएनन् । तर बैठकमा सहभागीहरुले एमसीसीबारे के हो भनेर पार्टीको धारणा मागेपछि प्रचण्डले फेरि सम्बोधन गरेका हुन् ।

उनले भने, ‘संशोधनका लागि कू,ट,नी,तिक पहल भइरहेको छ । संशोधन नभई पारित हुँदैन ।’ एमसीसी सम्झौता लामो समयदेखि संसदमा विचा,रा,धीन छ ।