गंगा चौधरीको हिम्मत देखेर एमाले कार्यकर्तामा खुशीयाली, केपी ओलीले गरे प्रशंसा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ भदौं ।

बुधबार भएकाे संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद भित्र हंगामा मच्चाएको थियो । आक्रोसित प्रतिपक्षी सांसदहरुले चर्को नाराबाजी गर्दै बैठक संचालन गर्न पटक-पटक अबरोध गरे ।

एमालेका महेश बस्नेत , गोकुल वास्कोटा, सुर्य पाठक सहितका सांसदहरुले चर्काे नाराबाजी गरेका थिए । अर्की सांसद गंगा चौधरीले गरेको कामको भने चौतर्फी चर्चा भइरहेको छ ।

सभामुख अग्नी सापकोटाले दुई पटकसम्म बैठक स्थगित गरे पनि पछि पेलरै जाने नियतले गृहमन्त्रीलाई बालकृष्ण खाँणलाई अध्यादेश टेबुल गर्न समय दिएपछि एमाले सांसहरु झन् उग्र भएका थिए । यहि विचमा सांसद चौधरी भने रोस्टममै उक्लने प्रयास गरेकी थिइन् ।

प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन बुधबारको पहिलो र दोस्रो बैठक एमाले सांसदहरुले अवरुद्ध गरे । बैठकपछि सहमतिको प्रयासमा छलफल पनि भएको थियो, तर सभामुख अग्निप्रसाद सापकोटाले सहयोग गरे गर्नुस्, नगरे प्रक्रिया अघि बढाउँछु’ भनेको एमाले सांसदहरु बताउँछन् ।

तेस्रो बैठक सुरु हुनासाथ सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँडलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न समय दिए । प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहरमा बसेका गृहमन्त्रीलाई रोक्न अघि बढेका एमाले सांसदहरुलाई मर्यादापालकले रोके ।

त्यसक्रममा एमाले सांसद गंगा चौधरी सत्गौवा भने रोष्टममै उक्लिने प्रयास गरिन् । एमालेका एक सांसदका अनुसार उनले गृहमन्त्रीलाई जसरी पनि रोक्छु भनेकी थिइन् । त्यही क्रममा उनी मर्यादापालकलाई धकेल्दै रोष्टममै उक्लिन खोजेको एक सांसदले बताए ।

चौधरीले पनि त्यसलाई स्वीकार गरिन् । ‘गुरिल्ला सभामुखलाई (बैठक अघि बढाउन) रोक्न सकिएन । गृहमन्त्रीलाई रोक्न खोजेको मर्यादापालक लगाएर छेकियो । त्यही आक्रोशमा गृहमन्त्रीलाई रोक्न प्रयास गर्दा धकेलाधकेल भयो,’ उनले भनेकी छन् ।