सांसद गंगा चौधरीले रोष्टममै गएर सभामुख माथि हमला गर्न खोजेपछि…

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ भदौं ।

आज भएको प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले सांसद गंगा चौधरीले रोष्टममै गएर सभामुख माथि हमला गर्न खोजेकी छन ।

एमालेले कारवाही गरेको माधब नेपाल सहित १४ सांसदहरुलाई निष्कासश नगरेको भन्दै बैठक अघि नै एमालेका सबै सांसदहरु आवेशमा थिए ।

त्यसै क्रममा गंगा चौधरी जान खोजिन तर मर्यादापालकले जोडबलका साथ बल प्रयोग गरेर नियन्त्रण गरेपछि जान पाइनन् ।

एमाले सांसदको नाराबाजी बीच प्रतिनिधिसभामा सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रस्तुत गरेको छ ।

एमाले सांसदहरूको अवरोधका कारण सभामुख अग्नीप्रसाद सापकोटाले दुई पटक बैठक स्थगित गरे । तेस्रो बैठक सुरु हुने बित्तिकै सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश टेबल गर्न समय दिए ।

गृहमन्त्री खाँण अगाडी बढ्दै गर्दा एमाले सांसदहरु रोस्ट्रम घेराउ गर्न पुगेका थिए । उनीहरूलाई मर्यादापालकले रोके । एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी परिरहेकै बेला क्यामेरामा एमाले सांसद गंगा चौधरी सत्गौवा यसरी कैद भइन् ।


त्यसै नाराबाजी गर्ने एमाले सांसदहरुलाई सभामुखले थर्काए- ‘पहिले संबिधान पढनुस’

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटा जंगिएका छन् ।

आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले नाराबाजी सुरु गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै एमाले सांसदसँग जंगिएका हुन् ।

उनले एमालेले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यस विषयमा प्रतिनिधिसभामा छलफल गर्न नमिल्ने बताए । त्यस्तै प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ख, ग र घ को प्रावधान विपरीत सभामुख सापकोटाले बताए ।

एमाले सांसदहरुले सभामुखको व्यवहार मुर्दावाद भन्दै नाराबाजी गरेपछि सभामुख सापकोटा चर्को शब्दमा बोलेका थिए । उनले सांसदहरुलाई मर्यादाबाहिर नजान चेतावनीसमेत दिए ।

‘माननीय सदस्यहरु देशमा संविधान छ, कानुन छ, ऐन छ मर्यादाबाहिर नजानुहोला, संसदको गरिमा र मर्यादाभन्दा बाहिर नजानुहोला’ उनले भने, ‘फेरि पनि म म भन्छु प्रतिनिधिसभा नियमावली २०७५ को ख र ग गम्भीर ढंगले आकर्षित गर्न चाहन्छु ।

सभामुखले भनेको नियमावलीको नियममा सभामुखको आचरणको आलोचना गर्न नहुने विषय छ ।