माधव नेपालहरु आए संसद चल्न नदिने एमाले संसदीय दलको निर्णय

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ भदौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजदेखि शुरु हुन लागेको संसदको अधिवेशन चल्न नदिने निर्णय गरेको छ । संसदको अधिवेशन आजदेखि शुरु हुनै लाग्दा त्यसको पूर्वसन्ध्यामा नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा वसेको एमाले संसदीय दलको बैठकले सभामुखको भूमिका, अध्यादेश प्रकरण र एमसीसीका विषयमा पार्टीको धारणामा छलफल गदैं संसद चल्न दिन नहुने निर्णय गरेको हो ।

खासगरी सत्तापक्ष अध्यादेश ल्याएर प्रमुख प्रतिपक्ष विभाजित गर्न उद्दत रहेको र त्यसको लागि सभामुखले तटस्थ भएर भूमिका खेल्नुपर्नेमा एमाले विभाजनको मतियार बनेको र सभामुखले मर्यादा भूलेर काम गरेकोले सभामुखको त्यस्तो भूमिकाका विरुद्ध संसद चल्न नदिने निर्णय एमाले संसदीय दलको बैठकले गरेको हो ।

‘एउटा पार्टी विशेषको कार्यकर्ता र गठबन्धनको मतियार सभामुख’ बनेको ओलीले बताए । जसले एमाले सिध्याउन खोजेको छ, उसैबाट हामीले कसरी विश्वस्त हुने ? अध्यक्ष केपी ओलीले सभामुखको भूमिका प्रश्न गदै एमाले विरोधी संसदीय मर्यादा विपरितको सभामुखको निश्पक्षता नरहेको र गठबन्धनको मतियार बनेको कारणले सभामुखको विषयमा गम्भिर प्रश्न उठेको बताए ।

सभामुखलाई यथास्थितीमा मानेर जाने अवस्थामा एमाले नरहेको ओलीले बताएका थिए । ‘यो संसद जनताको काम गर्नका लागि शुरु नगरेकोले एउटा अपराधिक योजना सफल बनाउनका लागि बोलाईएकोले यो संसद चल्दैन,’ ओलीले भने ।

एमालेले कारवाही गरेका ब्यक्तिहरु उपस्थित भए गैह सांसदको उपस्थितीमा हामी कसरी संसद चल्न दिन सक्छौं,’ ओलीले भने,–‘उनीहरु सहितको बैठक एमालेले चल्न नदिने वताए ।

सभामुखलाई यथास्थितीमा मानेर जाने अवस्थामा एमाले नरहेको ओलीले बताएका थिए । ‘यो संसद जनताको काम गर्नका लागि शुरु नगरेकोले एउटा अपराधिक योजना सफल बनाउनका लागि बोलाईएकोले यो संसद चल्दैन,’ ओलीले भने ।

लेखराज भटट, टोपवहादुर रायमाझी, प्रभु शाहलाई पनि कारवाही रोकेर वैठकमा सहभागी हुन दिने भए अर्काे कुरा नत्र कसरी गैह सांसदका सहभागी वैठक चल्न दिन सकिन्छ भन्दै ओलीले राष्टिपति कार्यालयवाट आएको पत्र पढेर सुनाउने वित्तिकै एमालेले विरोध गर्ने ओलीको भनाई थियो ।

वैठकमा उपाध्यक्ष भीम रावलले एमसीसी परियोजना संसोधन गरेर मात्र जानुपर्ने पक्षमा आफनो धारणा राखेका थिए । त्यस्तै संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदको अघिल्लो अधिवेशन अन्त्य देखि अहिले संसदको बैठक बोलाउँदासम्मको परिघटनाका विषयमा पार्टी सांसदहरुलाई जानकारी गराउँदै सभामुखको गतिविधि पूर्वाग्रहीपूर्ण रहेको र माधव नेपालको पार्टी अनाधिकृत रहेको बताएका थिए ।

त्यसपछि सांसदहरुले आ –आफनो धारणा राखेका थिए । सांसदहरु गोकुल वास्कोटा, कृष्णभक्त पोखरेल, कृष्णप्रसाद दाहाल, राधा ज्ञवाली, डा शिवमाया तुम्वाहाम्फे, लालवावु पण्डित, निरुदेवी पाल, विमला विक, जुली महतो, राजबहादुर बुढा, भगवती न्यौपाने लगायतका सांसदहरुले सभामुखको भूमिका, एमसीसी लगायतका विषयमा कुरा उठाउँदै यस विषयमा पार्टीले ठोस धारणा बनाएर जानुपर्ने बताएका थिए।

एमालेका २५ जना सांसदहरुले एमसीसी, अध्यादेश र सभामुखको भूमिका लगायतका विषयमा आफना सुझावहरु राखेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

कतिपय सांसदले सभामुखमाथी महाअभियोग सम्म लगाएर जानुपर्ने धारणा पनि राखेका थिए ।
सांसद महेश बस्नेतले महाअभियोग लगाउनु पर्ने बताएका थिए । वास्कोटाले गठवन्धन सरकारको मतियार बनेका सभामुखलाई राखेर प्रमुख प्रतिपक्ष एमाले त्यही संसदमा कसरी जान सक्छ भन्दै प्रश्न उठाएका थिए ।

ओलीले भने : सत्तागठवन्धन अपराधिक गठबन्धन

त्यसपछि बोलेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी ओलीले परमादेशवाट बनेको सरकार भएकोले यसको जनताप्रति कुनै उत्तरदायित्व नभएको बताए ।

लोकतान्त्रिक प्रणाली सुढृढ गर्ने इच्छाशक्ति नै नभएको सरकारवाट प्रणालीको रक्षा गर्ने नसक्ने पनि ओलीले जिकिर गरे ।
‘हामी प्रमुख प्रतिपक्षमा गयौं ठूलो कुरा होइन, हाम्रो पार्टी फुटाइयो, त्यो ठूलो कुरा होइन, यो तत्कालिन कुरा हो,’ ओलीले भने,–‘हाम्रा विरुद्द षडयन्त्र भईरहेको छ । एउटा, दुईटा घटनामा होइन, निरन्तर एक वर्ष अगाडी देखि षडायन्त्र जारी छ । तर हामीले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गरेर जानुपर्छ । ’

एमाले सत्तावाट वाहिरिएर प्रमुख प्रतिपक्षमा पुग्ने कुरा सामान्य घटनामा देखिएको जस्तो मात्र नभएको र यसको अन्तर्य हेर्दा निक्कै गहिरो रहेको भन्दै ओलीले प्रणालीको रक्षाका लागि एमालेले लड्नुपर्ने अवस्था आएको बताए ।

सभामुखले आफनो आसनको मर्याँदा कायम राख्न नसेकेको ओलीको आरोप थियो ।

‘अरु पार्टीले ह्वीप जारी गर्न पाउने, एमालेले नपाउने, अरुले पार्टीले कारवाही गर्न सिफारिस गर्दा सोझै निश्कासन गर्न पाउने, एमालेले नपाउने, हाम्रा पार्टी विरुद्धमा षडायन्त्र छ । पार्टी फुटाउनका लागि धेरै ठाउमा ष्डायन्त्र भएको छ,’ ओलीले भने ।

‘छापामार शैली, गुरिल्ला पारामा संसद अन्त्य गर्ने र धोकापूर्ण ढंगले संसद अन्त्य गर्ने र भोलिपल्ट अध्यादेशमार्फत पार्टी विभाजन ल्याइयो, कानुन संसदले बनाउने हो, तर संसद अन्त्य गरेर अध्यादेश ल्याउने काम गरिएको छ, संसद अधिवेशन चालु छ, तर मध्यरातमा संसद अन्त्य गरेर भोलिपल्ट विहानै अध्यादेश जारी गर्ने र एमाले विरुद्ध षड्यन्त्र गर्ने काम भयो,’ ओलीले भने,–‘मस्यौदा तयार गर्ने भनेको वुढानिलकन्ठमा होइन, मन्त्रालयमा हो । तर अध्यादेशमार्फत एमाले फुटाउने काम भयो । त्यो अत्यन्त कपटपूर्ण ढंगले ल्याइयो ।’

‘त्यस्तो आकस्मिकता र जरुरी के परेको थियो ?’ ओलीले सत्तागठवन्धनलाई प्रश्न गदै भने, –‘अपराधिक गठबन्धन, असंसदीय गठबन्धन एमाले पार्टी फुटाउनलाई मात्र बनेको र त्यसैकारण कपटपूर्ण ढंगले अध्यादेश ल्याउने काम गरेको देखियो ।’

पर्टी सदस्यलाई विधान विपरित गतिविधि गरेमा कारवाही गर्ने अधिकार पार्टीको विधान अनुसार सम्वन्धि पार्टीलाई नै अधिकार रहेको ओलीको भनाई थियो । यसमा अरुले बोल्ने र लिने निर्णय नभएको ओलीले बताए ।

एमाले विरोधी षड्यन्त्रको मतियारको भूमिका सभामुखले खेलेको आरोप लगाउँदै ओलीले सभामुखले सूचना जारी गर्ने काम नगरेर मतियार बनेको बताए ।

पार्टी सदस्य नभएकोले हाम्रो पार्टी र संसदीय दल कसरी फुटाउन सक्छन् ?

‘हम्रो पार्टीको जो सदस्य नै छैन, हाम्रो सांसद नै नभएको ले कसरी हाम्रो पार्टी र संसदीय दल विभाजन गर्न सक्छ ?’ एमाले अध्यक्ष केपी ओलीले भने,–‘यो कुरा हामीले सभामुखलाई जानकारी गराईसकेका थियौं । अघिल्लो महिना २५ गते सदस्य नभएको मान्छेले पछिल्लो महिनाको ९ गते पार्टी फुटाउने र संसदीय दल फुटाउन सक्ने हुन्छ ? सभामुखले रोकेर राख्ने काम गरेर मतियार सत्ता गठबन्धनको बने ।’

कांग्रेस- माओवादी जूता पार्टीहरुको गठबन्धन भत्काइने पनि ओलीले बताए । जयसिंह धामी प्रकरणमा नवोल्ने, नेपाली भूमिका विषयमा बोल्न नसक्ने र अघिल्लो सरकारले गरेको विकास निर्माणका काममा वजेट रोक्ने काम गर्ने काम गर्ने गठबन्धनलाई एमालेले भत्काएर जाने ओलीको भनाई थियो ।

हरेक ब्यक्तिलाई निर्वाचन आयोगले एमालेसँग कुनै परामर्श नगरेको र सभामुखले विचाराधिन भनेकोमा उसले आफैले पनि वुझन सक्ने तर्फ नलागी आफनो निर्णय लिएको ओलीले बताए । आयोगले सूचना जारी गरे पुग्नेमा हरेक सदस्यलाई यति गतेसमम दल रोज्न पाउने भन्दै सूचना सम्म जारी गर्ने काममा लागेको भन्दै ओलीले त्यसप्रति पनि आक्रोश पोखे ।

उनले सवै संरचनामा सेटिङ गरेर एमाले फुटाईएको आरोप लगाए ।

सत्ता गठवन्धनमा हतियार उठाउने देखि लोकतन्त्र विरुद्द लाग्ने तत्वहरुसम्मका पार्टीहरु रहेको वताए ।

बामदेव पत्नी दल वैठक अगाडी नै निस्किन्

एमाले संसदीय दलको बैठकमा सहभागी हुन भन्दै पुगेकी सांसद तुलसा थापा भने वैठक शुरु हुनु अगाडी नै वाहिरिएकी थिइन् ।

अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली निर्धारित समयमा नआएकाले बैठक ढिला सुरु भएको थियो । एमालेले संसदीय दलको बैठक विहान ९ वजेका लागि बोलाएको थियो । तर बैठक करिव ढेड घण्टा ढिलो साढे १० वजेवाट शुरु भएको थियो । बामदेव पत्नी थापा बैठक शुरु हुनु ढिला भएकोले आफु वाहिरिएको भन्दै निस्केकी थिइन् । उनी अध्यक्ष ओली बैठकस्थलमा पुगेपछि निस्केर हिडेकी हुन् ।

उनका पति नेता वामदेव गौतमले भने एमाले परित्याग गरिसकेका छन् । थापाले पनि नेकपा एकीकृत समाजवादी रोज्न अन्तिम दिन सनाखतका लागि निर्वाचन आयोग पुगेपनि सनाखत हुन सकेको थिएन । उनी प्राविधिक रुपमा एमालेतिर रहेपनि उनको मन भने माधव नेपालको पार्टीतिर छ ।

एमसीसीमा प्रष्ट नभई पारित गर्न नहुने सांसदहरुको सुझाव

सरकारमा रहँदा एमाले अध्यक्ष केपी ओलीले एमसीसी जसरी पनि पारित गर्न भूमिका खेलेका थिए । तर अहिले एमाले संसदीय दलको बैठकमा एम्सीसी जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा धेरै सांसदहरु खुलेका छन् । संसदीय दलको बैठकमा बोलेका अधिकाशं नेताहरुले एमसीसीका कतिपय विषयमा प्रष्ट नपारी जस्ताको तस्तै पारित गर्न नहुने वताएका थिए ।

एमसीसीका विषयमा आम जनमत विपक्षमा रहेको र जनताको प्रतिनिधित्व गर्ने पार्टी एमाले भएको भन्दै जनताको भावना प्रतिनिधित्व गरेर एमाले जानुपर्ने सांसदहरुको नेतृत्वलाई सुझाव राखेका थिए ।

उनीहरुले एमसीसी परियोजना कांग्रेस र माओवादी गठवन्धन सरकारका बेलामै पारित गरेको र त्यसलाई जनताका वीचमा प्रष्ट बनाएर जानुपर्ने धारणा नेताहरुले राखेका थिए ।