ऋचा शर्मा फ्यानलाई खुशीको खबर :- बनिन् छोराकी आमा

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन्। उनले आज बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन्। काठमाडौं थापाथलीस्ठित नर्भिक अस्पतालमा अपरेसनपछि जन्मिएको बच्चाको तौल तीन किलो एक सय ग्राम रहेको नर्भिकका प्रवक्ता सोमनाथ बास्तोलाले बताए।

प्रवक्ता बास्तोलाले ऋचा र उनका छोरा दुबैको स्वास्थ्य सामान्य रहेको समेत जानकारी दिए।

ऋचाले गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन्। भिसा गर्ल, लुट, टलकजंग भर्सेस टुल्के, उमाजस्ता फिल्मकी अभिनेत्री ऋचा पछिल्लो समय कमेडी च्याम्पियन नामक कमेडी रियालिटी सोमा निर्णायकको भूमिकामा थिइन्। गत साता डाक्टरले दिएको डेट स्वास्थ्यकै कारण कमेडी च्याम्पियन सिजन २ बाट विश्राम लिएकी थिइन्।

ऋचा संलग्न टिभी रियालिटी शो कमेडी च्याम्पियनले उनी आमा बनेको पुष्टिसहित सामाजिक सञ्जालमा बधाइ दिएको छ ।

ऋचाले गत साता कमेडी च्याम्पियनबाट सुत्केरी विदा लिएकी थिइन् ।

ऋचाले आज राति अस्पतालमा छोरालाई जन्म दिएको कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले नेपाल प्रेसलाई जानकारी दिए ।
ऋचाकाे गत वर्षा दिपेक्षविक्रम राणासँग विवाह भएकाे थियाे ।