एमसीसी पास हुने लगभग पक्कापक्की भएपछि तात्यो विप्लव, अमेरिका समेत तर्सिनेगरी गर्यो यस्तो घोषणा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ भदौं ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ । शान्तीपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलोपटक यति ठूलो घोषणा गरेपछि अमेरिकासमेत झस्किएको हो ।

सो पार्टीले भदौ २८ गते काठमाडौँमा बृहत् जनसभासहित साताव्यापी सङ्घर्ष घोषणा गरेको हो । भदौ २३ गते बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ । यसैबीच सो पार्टीको अन्तर्राष्ट्रिय विभागले एमसीसी सम्झौता विरुद्ध आज अपराह्न काठमाडौँमा अन्तरक्रिया आयोजना गरेको छ ।

एमसीसीविरुद्ध साताव्यापी सङ्घर्षका कार्यक्रम यस्तो छः २३ गते बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने, २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका विरुद्ध बेलुन उडाउने, २८ गते विरोध प्रदर्शनसहित काठमाडौँमा जनसभाको कार्यक्रम रहेको छ ।