केपी ओलीले महिना र गते नै किटान गरेर तोके देउवा सरकारको आयु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ भदौं ।

नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले परमादेश बाट बनेको शेरबहादुर देउवा नेतृत्वको बर्तमान सरकारको आयु तोकिदिएका छन् ।

परादेश बाट बनेको देउवा सरकार माथी अक्रामक रुपमा खनिएका ओलीले जती छिटो यो सरकारलाई विदा गर्न सक्यो त्यत्तिनै छिटो मुलुकले निकास पाउँने दावी गर्दै यो सरकार रहे सम्म नेपाली जनताका लागी भार मात्रै हुने ठोकुवा गरेका छन् ।

युवा संघ नेपालले राजधानीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्र्दै एमाले अध्यक्ष ओलीले भनेका छन् यो सरकार सास्वत होइन, अलिक दिनको पाहुना हो , षडयन्त्रबाट जन्मिएको पाहुना । यसलाई सकेसम्म छिटो विदा गर्नुपर्छ’, ओलीले भने, ‘छिटो विदा गर्न सकिएन भने पनि ७९ सालसम्मको मंसिरमा चुनाव गर्नेपर्छ ।

भर्याङमुनिको सरकार । १५ महिनापछि यो सरकार खोजेर पनि कसैले भेट्नेवाला छैन ।’ यो सरकार विदा भएपछि जनताको सरकार बन्ने दावी गरे । उनले प्रचण्ड र माधव नेपाललाई लिलिपुटको संज्ञा दिदै काँग्रेस पनि उनीहरुको संगतबाट लिलिपुट नै भएको दावी गरे । उनले एमाले कमजोर भएको भनेर उनीहरुले प्रचार गरेपनि देशभरका जनता एमालेप्रति आकर्षित हुदै गएको बताए ।

सोही कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नेतृ रामकुमारी झाँक्रीप्रति कटाक्ष गर्दै देशका बारेका बोल्न पाइन्छ कि पाइँदैन भनेर प्रश्न गरेका छन् । पछिल्लो समय सरकारले हरेक दिन देखाइरहेको रबैया प्रति आक्रोसित भएका ओलीले यस्तो प्रश्न गरेका हुन् ।

जो मन्त्री हुनलाई खुट्टो उचालेर ठिक्क परेका छन्, तीनै मान्छे हिजो ज्याकेट दर्शकतिर फुत्त फ्याँकेर, आफैंले टाँसेको टेप (सरकारले टाँसिदिएको थिएन) फिल्मी स्टाइलमा फुकालेर बोल्न पाइन्छ भन्थे,’ ओलीले भने, ‘अहिले सोध्न चाहन्छु म तिनीहरू र तिनका सरकारलाई बोल्न पाइन्छ कि पाइँदैन नेपालमा ? देशको बारेमा बोल्न पाइन्छ कि पाइँदैन । राष्ट्रियताको बारेमा बोल्न पाइन्छ कि पाइँदैन ’

युवासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले थपे, ‘अहिले किन भन्न सक्दैनन ती दलहरू रु ती दलका नेताहरु रु ती सरकारमा बसेकाहरू रु सरकारका सहयोगीहरू रु अपराधका हिस्सेदारहरू ?’