ओली, देउवा र एमसीसी बिचको भित्रि कथा यस्तो रैछ !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ भदौं ।

एमसीसी अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा अहिले दलहरुसंग सहमति जुटाउने कोशिशमा लागेका छन् । मन्त्रीपरिषद विस्तार गर्नुपर्ने जरुरिलाई थाँती राख्दै प्रधानमन्त्री देउवा अहिले एमसीसीलाई संसदमा छलफल गराउने माहोल बनाउन लागेका छन् ।

गठबन्धनको सरकार बनाउन अघि प्रधानमन्त्री शेरबहादुर देउवाको सर्त थियो एमसीसी यहि संसदबाट अनुमोदन गराउनुपर्ने र यसका लागि माओवादी केन्द्र, जसपा र माधव नेपाल पक्षको साथ दिनुपर्ने सर्त । देउवाको उक्त सर्तमा सहमत जनाउदै गठबन्धनको सरकार निर्माण गर्न विश्वासको मत दिने निर्णय भएको थियो ।

उच्च श्रोतका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा शेरबहादुर देउवाको जोड संसद पूनर्स्थापना भन्दा चुनाव मै जाने जोड थियो । चुनावमा गएर नेपाली कांग्रेस ठूलो दल बनेर सरकार निर्माण गर्ने र त्यो सरकारले एमसीसी अनुमोदन गराउने योजना देउवाको थियो । त्यसै कारण केपी ओलीको संसद विघटन विरुद्ध देउवाले चर्को विरोध गरेनन् जत्ति पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले गरेका थिए ।

केपी ओली र शेरबहादुर देउवा चुनाव तर्फ जाने निधो गरेको बेला प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव जसरी पनि संसद पूनर्स्थापना गर्ने तर्फ जोड दिएका थिए । तर शेरबहादुर देउवाको साथ बिना संसद पूनर्स्थापना गर्न सम्भव थिएन । यहि क्रममा शेरबहादुर देउवाले एमसीसी अनुमोदन गराउने सर्त अगाडी सारेका थिए । श्रोतका अनुसार शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बनेर गठबन्धनको सरकारको नेतृत्व गर्ने तर एमसीसी अनुमोदन गराउन सहमति हुनुपर्ने सर्त प्रस्तुत गरेका थिए ।

प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलाई केपी ओली सरकार ढालेर संसद पूनर्स्थापना गराउन शेरबहादुर देउवाको सर्त मानेर गठबन्धनको सरकार बनाउने सहमति गराए । माधव नेपालले फ्लोर क्रस गर्नुपरे गर्ने तर केपी ओली सरकार ढाल्न तयार भए । अदालतको परमादेश पश्चात सबैले शेरबहादुर देउवालाई विश्वासको मत दिएर गठबन्धनको सरकार निर्माण गरे ।

विश्वासको मत दिने दिन भीम रावलले भने राजिनामा दिए । भीम रावलले यो गठबन्धनको सरकारले एमसीसी संसदबाट अनुमोदन गर्दैछ भन्ने सुइँको पाएपछि यो सरकारलाई साथ नदिने भन्दै बरु राजिनामा नै दिए । पछि जनता र पार्टीका शिर्ष नेताहरुको आग्रहमा राजिनामा फिर्ता लिए । राजिनामा फिर्ता लिएपछि पहिलो पल्ट संसदमा बोल्दै गर्दा नेता रावलले एमसीसी पास गराउने खेल बारे विरोध नै जनाए ।

अब कुरा रह्यो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जो शेरबहादुर देउवा र एमसीसीसंग कत्तै न कत्तै जोडिन्छन् । केपी शर्मा ओली एमसीसीको विरोधमा अहिले बोलेपनि प्रधानमन्त्री हुँदा एमसीसी अनुमोदन गराउन धेरै कोशिश गरेका थिए । एमाले भित्रै भीम रावल जस्ता नेताहरु चर्को विरोध गर्दा पनि एमसीसी टेबुल गर्न केपी शर्मा ओली लागिपरेका थिए । तर तत्कालीन नेकपा भित्रको अन्तरविरोधका कारण साथै सभामुख प्रचण्ड निकट भएका कारण एमसीसी टेबुल गर्न असफल रहे ।

जब शेरबहादुर देउवाको सरकार गठन भयो, केपी शर्मा ओलीले एमसीसीलाई गठबन्धनको सरकारको विरोध गर्ने अवसरको रुपमा लिए । केपी शर्मा ओलीलाई थाहा छ कि शेरबहादुर देउवादेखि प्रचण्डले एमसीसी अनुमोदन गराउछन । तर आफू अहिले एमसीसी विरोध गरे जस्तो गरि जनमतमा राष्ट्रियताको पक्ष भन्दै चर्चा कमाउने तर एमसीसी अनुमोदन गराउन देउवालाई भित्रभित्रै सहयोग गरिरहेको उच्च श्रोतको दाबी छ ।

“केपी शर्मा ओली आफू सरकारमा हुँदा एमसीसीको कार्यदलले दिएको सुझावसम्म वेवास्ता गरेर एमसीसी अनुमोदन गराउने माहोल बनाउन लागेका थिए । संसद विघटनको कारणमा समेत प्रचण्डहरुले एमसीसी टेबुल गर्न सहयोग गरेनन् सम्म भनेका थिए तर अहिले एमसीसीको अपजस आफूमा नआउने देखेपछि केपी ओली गठबन्धनको सरकारको विरोध गर्न लागेका छन् । तर केपी ओली आफै एमसीसी अनुमोदन गराउन देउवालाई सल्लाह सुझाव दिइरहेका छन् ।