बागमतीको बाढीले शंखमूल पार्क डुबानमा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ भदौं ।

गए राति परेको वर्षाले काठमाडौँमै बाढी आएको छ । बाढीले शंखमूल पार्क लगायतका क्षेत्र डुबानमा परेका छन् । खोला किनारका बस्ती पनि डुबानमा परेका छन् ।

बाढीले बागमती, विष्णुमती, धोबी खोलालगायत अन्य नदी किनारका बस्ती डुबानमा परेका हुन्। बाढीका कारण शंखमूलस्थित शङ्ख पार्क पनि डुबानमा परेको छ । बागमती किनारमा रहेको शङ्ख पार्क जलमग्न बनेको छ ।

काठमाडौं उपत्यकामा आएको बाढीले तीन सय ८२ घर डुबानमा परेका छन् । त्यस्तै, हालसम्म एक सय ३८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । गएरातिदेखि परेको भारी वर्षाका कारण बागमती र विष्णुमती खोला बिनार क्षेत्र डुबानमा परेका छन् ।

काठमाडौंकाे बल्खु तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार, डल्लु लगाएका क्षेत्र डुबानमा परेका छन् । प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन ।