सुनसरीमा १० वर्षीया वालिका बलात्कार गर्ने ५२ वर्षीय सहनी पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० भाद्र ।

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुहबी नगरपालिका ४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनीलाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ १५ गते ती बालिकालाई सहनीले जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पछि उनलाई घटनाका बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सामुहिक बलत्कारको आरोपमा पक्राउ

तीन जना युवकहरू मिलेर १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतहटको माधवनारायण नगरपालिका–३ का अन्दाजी २५ वर्षीय किशन सहनी र अन्य २ जना मिलेर किशोरीलाई मंगलबारर घाँस काट्न गएको बेला डरत्रास देखाई बलत्कार गरेको प्रहरीले जनाएको छ ।

दलित समुदायकी किशोरीलाई युवकहरूले एकान्तमा देखेपछि मुख थुनेर, डर देखाई बलात्कार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । माधवनारायण नगरपालिका– ५ स्थित सिसौघारीमा लगेर तीन जनाले बलात्कार गरेको पीडित किशोरीले प्रहरीलाई बताएकी छिन् ।

पक्राउ परेका आरोपी सहनीलाईमाथि अनुसन्धान भइरहेको र अन्य फरार २ जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । न्युज कारखाना ।