एमसीसी विरद्ध खुलेरै मैदानमा निस्किए केपी ओली, देशभरका एमाले कार्यकर्तामा खुशियाली

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ भाद्र ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी ओली मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका विरुद्ध खुलेरै मैदानमा निस्किएका छन् ।

परमादेश बाट बनेको देउवा सरकारले झुक्याएर एमसीसी पास गर्ने षड्यन्त्र गरेको भन्दै एमाले अध्यक्ष ओलीले देउवा सरकारको झाँको झोरेका छन् । देउवा र प्रचण्ड अहिले एमसीसीका विषयमा किन बोल्दैनन्् झुक्याएर पास गर्न खोजेको हो ?भन्दै ओलीले आक्रोस व्यक्त गरे ।

नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटिले राजधानीमा गरेका भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यिनै देउवा र प्रचण्ड मिलेर गरेर गरेको एमसीसी सम्झौता अब के गर्छन् भन्दै कडा प्रश्न सोधेका छन् । एमसीसीबारे देउवा र प्रचण्डको धारणा के हो भनी प्रश्न गरे ।

एमसीसी झुक्याएर पास गर्न खोजिएको भन्दै ओलीले यसबारे गठबन्धनका नेताले केही नभनेको भन्दै आक्रोश पोखे ।मसीसीबारे कोही बोल्दैनन्, के गर्ने हो भन्दैनन्, शेरबहादुर देउवाले भन्नुपर्दैन एमसीसी के गर्ने रु, प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने रु उहाँहरु चुपचाप छन्’ उनले भने ।

‘चीनसँग कुनै सीमा विवाद छँदै छैन, कसलाई खुशी पार्न चीनसँग सीमा विवाद समाधान गर्न समिति बनाउनुप¥यो’ उनले भने ‘मेरो चुनौती छ यो समितिले कुनै ठाउँमा सीमा विवाद देखाओस् ।’

पछिल्लो समय नेकपा एमालेका नेता कार्यकर्ताहरु एमसीसीको विरुद्धमा खुलेरै बोल्न थालेका छन् । आजै मात्रै गृहमन्त्रालयले एमसीसीको विराधे गर्नेलाई जेल हाल्ने सम्मको चेतावनी दिएर विज्ञप्ती जारी गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलका नेताको खरो भाषणलाई निकै नै अर्थपुर्ण रुपमा हेरिएको छ ।

सरकारले भारत र चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको पनि ओलीले बताए ।