क्वालालम्पुर, १९ भाद्र ।
पछिल्लो केहि महिनायता मलेसियामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले ज्यान गुमाउने नेपालीको सङ्ख्यामा अत्याधिक वृद्धि भएको पाइएको छ।
यहाँ मलेसियामा करिबकरिब ३ लाखको हाराहारीमा नेपाली श्रमिकहरु कार्यरत रहेका छ्न। जति उच्च काम गर्ने नेपाली श्रमिकको सङ्ख्या छ्न त्यतिनै यहाँ विभिन्न कारणले ज्यान गुमाउने नेपालीको सङ्ख्या समेत उच्च रहेको मलेसिया स्थित नेपाली दूतावासको तथ्यांकले देखाउछ।
गत महिना अगस्ट भरि एक महिनाभित्रमा जम्मा ११२ जना नेपाली श्रमिकले विभिन्न कारणले ज्यान गुमाएका छ्न।
मलेसिया स्थित नेपाली दूतावासको तथ्यांकअनुसार र डाक्टरको पोस्टमार्टम रिपोर्ट अनुसार ज्यान गुमाउने १ सय १२ जना नेपालीमध्ये ९६ जना नेपालीको मृत्यु कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले नै भएको र अन्य १६ जना नेपालीको मृत्यु हृदयघात (हर्टअट्याक) , सवारी दुर्घटना , अत्याधिक मदिरा सेवन , शरीरमा जटिल रोग लगायतको कारण भएको द्धितिय सचिव तथा सूचना प्रमुख प्रतिक कार्कीले बताउनुभएको छ।
यस् तथ्यांकलाई पन्छ्याउने हो भने मलेसियामा पछिल्लो बितेको अगस्ट महिनाभरिमा दिनहुुँ ३,४ जना नेपालीको ज्यान गएको प्रष्ट हुन्छ।
कोरोनाले पछिल्लो समय मलेसियामा नेपाली संगै स्थानीयनागरिकहरुको समेत ज्यान जाने लहरनै चलेको हुनाले अहिले नेपाली श्रमिकहरुले विशेष सुरक्षा सतर्कता अपनाउनु पर्ने देखिएको द्धितिय सचिव कार्कीले मलाया खबरसंगको कुराकानीको क्रममा भन्नुभयो।
उहाँले भन्नुभयो कि जतिपनि यहाँ मलेसियामा कार्यरत नेपाली श्रमिकहरु हुनुहुन्छ , उहाँहरु सबैले अहिले आ-आफ्नो स्वास्थ्यको आफैं ख्याल राख्नुपर्ने हुन्छ। अतिआवश्यक काम बाहेक अनावश्यक रुपमा जथाभावी यातायात हिलडुल नगर्नु हुन र यदि तपाईं कोहि कोरोना संक्रमित भएर क्वारेन्टाइनमा बसिराख्नु भएको छ भने क्वारेन्टाइनको पुर्ण पालना गर्न , सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्दै दिनचर्या बिताउनुपर्छ द्धितिय सचिव कार्कीले भन्नुभयो।
साथै कार्कीले भन्नुभयो यदि कोहि नेपाली कोरोना विरुद्धको भ्याक्सिन लगाउन छुट्नु भएको छ, भने नजिकैको पायक पर्ने ठाउँमा गएर , माईसेजाहतेरा एप्स मार्फत अपोइन्टमेन्ट लिएर सबै नेपालीले अनिवार्य भ्याक्सिन लगाउनुपर्छ भनेर उहाँले अनुरोध समेत गर्नुभयो।
कोरोनाको कारण अथवा अन्य कुनै कारणबँस स्वास्थ्य अवस्था खराब भएको बेला रोजगारदाता कम्पनीले उपचार गर्न नमानेको खण्डमा दूतावासलाई फोन अथवा ईमेल गरेर अनिवार्य जानकारी गराउनुहुन अनुरोध गर्दै त्यस्तो समस्यामा परेका नेपालीलाई दूतावासले हरदम सक्दो सहयोग गर्ने बताउनुभयो।