मलेसियामा टेक वहादुर धामिको कोरोना सक्रमणवाट मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ भाद्र ।

मलेसियामा कोरोना सक्रमणवाट शुक्रवार विहान एक नेपालीको मृत्यु भएको छ । इस्साईट एलाइन्स सेक्युरिटि सर्विस क्वालालाम्पुरमा भिषा भई जोहोरवारुको वुकितइण्डमा कार्यरत त्रिवेणि नगरपालिका वडा न ५ वाजुराका टेक वहादुर धामिको मृत्यु भएको हो ।

विएम ओभरसिजवाट रोजगारीको लागि पाचँ वर्ष अगाडि मलेसियामा आएका धामिमा करीव दुई हप्ता देखि कोरोना सक्रमण देखिएको थियो । वाह्रदिन देखि क्वारेन्टाईनमा वसिरहेको अवस्थामा होस्टलमै धामिको मृत्यु भएको हो ।

कम्पनीमा कार्यरत नेपालीहरुले दिएको जानकारी अनुसार धामिलाई दुई दिन अगाडि देखि स्वास्थमा थप समस्या देखिएको थियो ।

उनलाई राती तीन वजेसम्म कुरेर वसेका एक साथीको भनाई :

‘साझँ पनि हल्का खाना खाएको हो हामिले तातोपानीहरु वेलावेलामा खान दिईरहेका थियौ । मैले राती तीन बजे सम्म कुरेर वसे त्यसपछि म सुते साथीहरुले कुर्नभयो । विहानी पख स्वा-स्वा गर्न थाले । सवैसाथीहरु जुट्यौ लौ न के भो लौन के भयो हामि निकै आत्तीयौ। मैले एम्वुलेन्सलाई फोन गरे । एम्वुलेन्स आधा घण्टा भित्रैमा आयो तर के गर्नु उनले प्राण छाडिहाले । यदि समयमै अस्पताल पुरयाउन पाएको भए वाच्थे होलान’ ।

शवलाई स्वास्थकर्मि सहितको टोलीले जोहारको अस्पतालमा लगेको छ । धामि अक्टोवर महिनामा नेपाल जाने तयारी गर्दै थिए ।