कुनै बेलाका अती विश्वासपात्रलेनै यस्तो भविश्यवाणी गरिदिए पछि माधव नेपाल टेन्सनमा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ भाद्र ।

नेकपा एमाले विभाजन गरेर नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष बनेका माधव कुमार नेपालका कुनै बेलाका अती विश्वास पात्र बिष्णु रिजालले माधव नेपालको पार्टी छिट्टैनै विलय हुने ठोकुवा गरेका छन् ।

केपी ओलीले संसद विघठन गर्ने बेला सम्म पनि माधव नेपालको पक्षमा खरो सँग उभिएर दरो साथ दिएका रिजालले अन्तिममा माधव नेपालको एमाले सिध्याउँने डिजाइन बुझे पछि चटक्कै साथ छोडेर केपी ओली सँग लागेका थिए उनलै आज यस्तो दावी गरेका हुन् ।

नेकपा एमाले जिल्ला कमिटी डोल्पाले २१ भदौमा आयोजना गर्न लागेको अगुवा कार्यकता भेलालाई सम्बोधन गर्न डोल्पा पुगेका नेता रिजालले पत्रकार भेटघाटको क्रममा यस्तो बताएका हुन् ।

नेता नेपालले क्षणिक स्वार्थका लागि जबज नै त्याग गरेर धेरै वर्ष त्याग र बलिदान गरेको पार्टी फुटाएर नयाँ पार्टी खोलेकाले उनको दल केही समयमै अन्य कुनै पार्टीसँग विलय भएर जाने रिमालको आरोप छ ।

‘पार्टी फुटाएर अलग भएका माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ, न्यायालयले उनीहरूको सांसद पद खारेज गर्ने विश्वास छ,’ नेता रिजालले भने ।

नेकपा एमालेबाट अलग भएका सांसद कारबाहीको सवालमा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले एकपक्षीय ढंगबाट अघि बढेको नेता रिजालले बताए ।

एमालेका विदेश विभाग प्रमुखसमेत रहेका नेता रिजालले मूल पार्टी नेकपा एमाले नै भएकाले देशभरका सम्पूर्ण नेता–कार्यकर्तालाई नीति सिद्धान्तमा अडिक भएर लाग्न आग्रहसमेत गरे ।

अगुवा कार्यकर्ता भेला हुनुभन्दा दुई दिनअगावै डोल्पा पुगेका नेता रिजालले डोल्पामा पार्टीनिकटका नेता–कार्यकर्ता एवं भ्रातृ संगठनका प्रमुखहरूलाई प्रशिक्षण दिनुका साथै चरणबद्ध छलफल गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बताए ।

यस अवधिमा जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर अगुवा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रमसमेत तय गरिएको बुढाको भनाइ छ ।