जुँगा दाह्री छिट्टै लामो बनाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

हाम्रो सन्देश संवाददाता

अहिलेको आधुनिक युगमा युवाहरूमा जुँगा र दाह्री पाल्ने फेशन नै चलेको छ । हरेकको युवाहरुमा जुँगा र दाह्री पाल्ने र अरूभन्दा आकर्षक देखिने होडबाजी चलेको छ । तरपनि विभिन्न कारणले आफूले चाहे जस्तो जुँगा र दाह्रीमा रौँ नहुँदा अधिकांश युवाहरु चिन्तित हुने गर्दछन् ।

हुन त बजारमा जुँगा दाह्री चाँडै बढाउनको लागि विभिन्न केमिकलहरु उपलब्ध छ । तर, यसको सेवनले पछी नकरात्मक असर पार्न सक्छ । तसर्थ जुँगा र दाह्रीको रौँ चाँडो बढाउनका लागि घरमै उपलब्ध चीजहरूको प्रयोग गर्न सकिन्छ । यसले जुँगाको रौँ चाँडो बढाउने र सेतो हुने समस्याबाट छुटकारा दिन्छ ।

-तोरीको तेलमा कागतीको रस मिलाएर लगाउँदा जुँगाको रौँ बाक्लो हुन्छ ।

-दालचीनीको पाउडरमा कागतीको रस मिलाएर लगाउँदा जुँगाको रौँ को विकासमा वृद्धि हुन्छ ।

-नरिवलको तेलमा अमलाको पाउडर मिलाएर लगाउँदा जुँगा र दाह्रीको रौँ बाक्लो हुन्छ ।

-प्याजको रसमा कागती रस मिलाएर लगाउँदा जुँगाको रौँ तीव्र रूपमा बढ्छ ।

-ओलिभ ओयलमा मह र दालचीनी पाउडर मिलाएर लगाउँदा जुँगाको रौँ चाँडो बढ्छ ।