यी हुन् बाँझोपनका कारणहरु, यसरी गर्नुहाेस् राेकथाम

हाम्रो सन्देश संवाददाता

बाँझोपन महिलाहरुको लागि एक गम्भीर समस्या हो । बाँझोपनका कारण कति महिलाहरुले आर्थिक, सामाजिक, मनोवैज्ञानिक लगायत विभिन्न समस्या भोग्नु पर्ने हुन्छ । के बाँझोपन जन्जात नै हुने हो त रु के यसको उपचार छ त रु यस्ता प्रश्न जोकहीले पनि गर्न सक्छन् । सामान्यतया दम्पतीले परिवार नियोजनको कुनै पनि साधनको प्रयोगविना शारीरिक सम्बन्ध राख्दा पनि एक वर्षसम्म बच्चा नभएको अवस्थालाई नै बाँझोपन भन्ने गरिन्छ । बाँझोपन प्राइमरी तथा सेकेन्डरी गरी दुई प्रकारका हुन्छन् । प्राइमरी बाँझोपनमा कहिले पनि बच्चा बसेकै हुँदैन भने सेकेन्डरीमा एकपटक बच्चा बसेर पनि अर्कोपटक बच्चा बसेको हुँदैन । बाँझोपनको समस्या महिला र पुरुष दुवैलाई हुन सक्छ ।

बाँझोपनको प्रमुख कारण

ढिलो विवाह- बाँझोपनहुनुको सबै भन्दा ठूलो कारण ढिलो विवाह गर्नु हो । २० देखि ३५ वर्ष उमेरका महिलाहरु सन्तान जन्माउनको लागि योग्य हुन्छन् । यदि यो उमेर पछि विवाह भएको छ भने गर्भावस्थामा बढि समस्या हुने गर्दछ । जसका कारणले ढिलो उमेरमा विवाह पश्चात पनि गर्भ रहयो भने महिला तथा बच्चामा धेरै समस्या देखिने गर्दछ ।

३५ उमेर नाघेपछि महिलामा डिम्बाशयको कमी – महिलाहरुको उमेर बढ्दै जाँदा गर्भवती महिलामा डिम्बाशयको कमि हुँदै जान्छ । महिलामा ३५ वर्षपछि डिम्बाशय कम हुनु साधारण विषय हो ।

ट्युब ब्लकका कारण बाँझोपन -डाक्टरका अनुसार धेरै पटक संक्रमणको कारणले फेलोपियन ट्युब रोक्नु इन्फर्टिलिटीको ठुलो कारण हो । फेलोपियन ट्युब पनि पल्बिक संक्रमण र टिबीको कारण हुने गर्दछ ।

अस्वस्थ्य खानपानको कारण – पछिल्लो समयमा महिलाहरुमा खानपानको विषयको कारण धेरै बाझोपन बढ्दै गएको छ । यसको बाहेक इन्डोमेट्रोसियोसिसको समस्या पनि देखिन्छ ।

जीवनशैलीको कारण – बाँझोपनको कारण अव्यवस्थित जिवन शैली पनि हो । रातीको समयमा नसुत्नाले, धुमपान, मद्यपान सेवन गर्नाले, मधुमेहको कारण, तनाव लिने जस्ता कारण बाझोपनको समस्या देखिने गर्दछ ।

बाझोपनका लक्षणहरु

– महिलामा रजस्वलाको अनियमित पिरियड वा बिच बिचमा पिरियड रोकिनु पनि गर्भ नबस्नुको एक लक्षण हो । कुनै कुनै महिलामा २० वर्षदेखि नै रजस्वला अनियमित हुन्छ जसका कारण बाझोपनको समस्या हुन्छ ।

– तपाईको अनुहार र शरिरको अन्य भागमा मा अत्यधिक रौं भएमा तपाईमा पोलिसाईटिक ओभरी सिन्ड्रोम अर्थात पीसीओएसको समस्या हो । रौं बढी हुनु हर्मनको असन्तुलन वा बाझोपनको संकेत हो ।

– यदि तपाईको आँखा धमिलो हुँदै गएको छ वा राम्रोसँग देख्न सक्नु हुदैन भने पनि बाझोपनको लक्षण हो – यदि यौन कार्य पीडादायी भएमा पनि यसले महिला बाझोपनको संकेत गर्छ ।

-बढी तौल भएका महिलाहरुमा गर्भ नबस्ने सम्भावना हुन्छ । – ४१ दशमलब ६ मानिसमा भिटामिन डीको कमीका कारण बाझोपनको शिकार हुने गरेका अमेरिकाको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।

रोकथामका उपाय

-महिलाले २२ देखि २९ वर्ष उमेरभित्रै बिहे गरेर बच्चा पाउनु राम्रो मानिन्छ ।-उपयुक्त समयमा विवाह गर्ने ।– प्रजनन अंगहरूमा विभिन्न संक्रमण भएमा समयमै उपचार गराउनुपर्छ ।– समयमै बच्चा जन्माउने योजना बनाउने ।-असुरक्षित गर्भपतन नगराउने ।– परिवारनियोजनका साधनहरूमध्ये कन्डमको प्रयोग गर्ने ।