मलेसियाको पुडुमा छापा,वेश्यावृतिमा संलग्न १२ जना पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

मलेसियाको अध्यागमन विभागले क्वालालम्पुरको पुडुमा छापा हानेर केहि विदेशिहरुलाई पक्राउ गरेको छ । मलेसियाको हटस्पटको रुपमा लिइने उक्त होटलमा वेश्यावृतीमा संम्लग्न भएकाहरुलाई पक्राउ गरिएको जनाएको छ ।

वारम्वार छापा हान्दापनि कुनै परिवर्तन नआएको भन्दै फेरी पनि छापामा पाचँजना भियतनामि महिला र सात जना वंगलादेशिलाई पक्राउ गरिएको त्यहाको अध्गागमन विभागले जनाएको छ । यसैगरी पुचोगमा दिउसो छापा हानिएको र त्यहाँवाट १२ जना पक्राउ परेका थिए ।

उनीहरुको कुन देशका थिए कुनै खुलाईएको छैन । यसैगरी साईवरजयाको एउटा क्लवमा पनि छापा मार्दा त्यहावाट भाग्न खोज्दा एक ब्यक्ति पोखरीमा परेका थिए । पोखरीमै हामफालेर समातिएको छ । पक्राउ परेकाहरुलाई सिमोनिया डिपोमा राखिएको र आवश्यक कार्वाहि गरिने वताईएको छ ।

मलेसियामा डिउटि गरेर फर्किदा वसको सिटमै एक नेपाली मजदुरको मृत्यु

मलेसियामा एक मजदुरको गाडिको सिटमा वसेकै ठाउँमा मृत्यु भएको छ । रामेछाप जिल्लाको खाडँदेवि गाउँपालिका वडा न २ का ३३ वर्षका पुर्णलाल मोक्तानको शुक्रवार विहान मृत्यु भएको हो ।

मलेसियाको मेरुमा रहेको टवग्लोव कम्पनीमा कार्यरत रहेका मोक्तान विहिवारको नाईट डिउटी गरेर शुक्रवार विहान कम्पनीको गाडिमा पेतालिनजयामा रहेको होस्टल तर्फ फर्कदै गर्दा वसको सिटमै मृत्यु भएको थियो ।

गाडिको सिटमा वसेर होस्टलमा आईरहेको अवस्थामा उनले समातको फोन खसेको थियो । फोन खसेको अन्य साथीहरुले देखेपछि मोक्तानलाई हेलो हेलो फोन खस्यो भनेर उठाउन खोजे तर उनी केहि पनि वोलेनन ।

नजिकै भएको साथिले निदाईरहेका होलान भनेर फोन टिपेर दिदा हलचल नगरेपछि हेर्दा उनको मृत्यु भैसकेको थियो । मोक्तान ९ वर्षदेखि मलेसियामा कार्यरत रहेका थिए । शवलाई पोस्टमार्टको लागि स्थानिय केलाग अस्पतालमा लगिएको छ ।

उनको के कारणले मृत्यु भएको हो पोसमार्टम पश्चात थाहा हुने छ । यस अगाडि उनी कुनै पनि रोग नदेखिएको र केहि पनि औषधीहरु प्रयोग नगरेको साथीहरुले जानकारी गराएका छन ।